लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान रैनादेबी छहरामा शुरू !
पाल्पा—लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ । नेपालमा पनि 'लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता' भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाइँदैछ । अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन भइरहेका छन ।
अभियानका सन्दर्भमा पाल्पाको रैनादेबी छहरा गाउँपालिकामा पनि हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धताू भन्ने नाराका साथ रैनादेवी छहरा गाउँपालिकामा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । गाउँपालिकामा अभियानको पहिलो दिन बिभिन्न सन्देश मुलक र्यालीको सहित गाउँपालिकाको कार्यालय परिसर देखि छहरा बजार परिक्रमा गरिएको थियो ।
सकारात्मक सन्देश प्रवाह गदै महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबीच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गर्नु भएको हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष भट्टराईले सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने बताउनुभयाे । 'लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या होइन, यो हाम्रो राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने सबै खाले नीतिहरुसँग गाँसिएको छ । सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै हामीले महिलामाथि हुने सबै खाले हिंसाको अन्त्य गर्न सक्नेछौँ,' अध्यक्ष भट्टराईले बताउनुभयो । "महिला हिंसा कुनै व्यक्तिगत समस्या मात्र होइन, यो हाम्रो समाजको गहिरो र दीर्घकालीन चुनौती हो । यो अभियानले हामीलाई महिला हिंसा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्न र आवश्यक कदम चाल्न प्रेरित गर्दछ । गाउँपालिकाको अध्यक्ष हिसाबले आफुले उपस्थित सबैलाई आश्वस्त गराउन चाहन्छु कि महिला अधिकारको संरक्षण र प्रवर्द्धन हाम्रो प्राथमिकतामा छ । हिंसा प्रभावित महिलाहरूलाई तत्काल सहायता प्रदान गर्ने, न्याय सुनिश्चित गर्ने र लामो समयसम्म सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न गाउँपालिका लागि परेकाे बताउनुभयो ।
महिलाको सम्मान, समानता, र अधिकार सुनिश्चित नगरी सभ्य समाज निर्माण हुन सक्दैन। त्यसैले, हिंसा विरुद्धको अभियान केवल १६ दिनका लागि सीमित हुनु हुँदैन। यो हाम्रो दैनन्दिन प्रयास बन्नुपर्छ अध्यक्ष भट्टराई बताउनुभयो । महिलाहरूले पनि आफु पाउने पाउने हक हित र अधिकारलाई थप सचेत र सकृय हुनुपर्ने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष युवराज थापा, वडा अध्यक्षहरु कार्यापालिका सदस्यहरु कर्मचारीहरुको उपस्थीत रहेको थियो ।








































Comments