केयर सेन्टरको लागि सहायक सामग्री हस्तान्तरण !!
पाल्पा-मस्तिष्क पक्षघात स्वावलम्बन समूह नेपाल काठमाडौँ तथा पाल्पा सिबिआरले सञ्चालन गरेको दिवा स्याहार केन्द्र पाल्पामा रहेका सिपी तथा न्युरोलोजिकल अपाङ्गता भएका बालबालिकाहरूलाई उनीहरुले गर्ने थेरापी तथा शैक्षिक क्रियाकलापमा सहयोग स्वरूप रामनगर चितवन स्थायी घर भई हाल अस्ट्रेलिया बस्दै आउनुभएकी अनिता पुर्जाले थेरापी जन्य सामग्री हिँड्न सिकाउने ल्याडर तथा बच्चाहरू पढ्ने कोठामा कार्पेट प्रदान गर्नुभएको छ ।
पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर २ सिविआर भवन पोल्धारामा सञ्चालनमा रहेको यस केयर सेन्टरले विगत ६ वर्षदेखि मस्तिष्क पक्षघात तथा न्युरोलोजिकल समस्या भएका अन्य विद्यालयमा जान नसक्ने पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका बालबालिकाहरूको लागि दैनिक रुपमा थेरापी सेवा शैक्षिक क्रियाकलाप औषधि उपचार जन्य क्रियाकलाप तथा सहायक सामग्रीहरू सहयोग जस्ता कार्यक्रम सञ्चालनमा रहेको छ। यस कार्यक्रमलाई सञ्चालन गर्ने संस्था तथा पाल्पा जिल्लामा रहेका विभिन्न व्यक्ति तथा संघसंस्थाहरूका साथै देशभित्र र बाहिर रहेका विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगमा सञ्चालन गरिएको यस केयर सेन्टरमा हालसालै मात्रै बच्चाहरूको लागि थेरापी कक्ष सञ्चालन गरे सँगसँगै थेरापी कक्षको लागि आवश्यक सामग्रीहरू को व्यवस्थापन गर्ने सिलसिलामा तानसेन नगरपालिका वडा नम्बर ६ का समाजसेवी कोसिश भण्डारीकाे समन्वय तथा निरज मल्लको पहलमा अस्ट्रेलियामा बस्दै आउनुभएकी अनिता पुर्जाले आफ्नो पूजनीय पिता नन्द बहादुर पुर्जा तथा ममतामयी माता पूर्णकुमारी पूजाको सम्झनामा सामग्री उपलब्ध गराउनुभएको हो ।
उक्त भर्याङ तथा कार्पेट वितरण कार्यक्रममा बोल्नुहुँदै पाल्पा केयर सेन्टरका व्यवस्थापक कृष्ण गहतराजले विदेशमा बसिकन पनि यस पाल्पा जिल्लामा रहेका अपाङ्गता भएका भाइबहिनीहरूको लागि उहाँले गर्नुभएको सहयोग निकै नै महत्वपूर्ण रहेको आगामी दिनमा पनि यस्ता वच्चाहरूको लागि यातायात खर्च कर्मचारी व्यवस्थापन उनीहरूको लागि दैनिक रुपमा खाजा तथा खाना उनीहरूको लागि चाहिने शैक्षिक तथा थेरापी जन्य सामग्रीहरू लगायतको क्रियाकलापमामा दाताहरूलाई सहयोगलाई निरन्तरता दिन समेत अनुरोधको साथमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि सहयोगी दाताका मामा तथा समाजसेवी निरज मल्लले यस केन्द्रमा सहयोग गर्न पाउँदा आफूलाई अत्यन्तै खुसी लागेकोले आगामी दिनमा अन्य दाताहरू लाई समेत सहयोग गर्न अनुरोध गर्दै निरन्तर सहयोग गर्ने मनमा हौसला उठेको बताउनुभएको छ । पाल्पा सिविआरका अध्यक्ष हेमन्तराज शाक्यको अध्यक्षता तथा तानसेन ६ का समाजसेवी कोसिस भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा पाल्पा सिविआरका सचिव मिलन मुनि शाक्य पाल्पा जेसिसका पूर्व अध्यक्ष धीरज बहादुर बज्राचार्य लायन्स क्लब अफ पाल्पाका चिरन बज्राचार्य रामदर्शन बज्राचार्य सुदन जोशी लगायत बच्चा तथा बच्चाका आमाहरूको सहभागिता रहेको थियो।








































Comments