क्यान्सर पिडित रज्जाकलाई ट्रेड युनियन काङ्ग्रेसकाे आर्थिक सहयोग

पाल्पा-अब्दुल रज्जाक पाल्पाकाे तानसेन स्थित मंखनटाेलमा नाउकाे काम गरि जिविकाेपार्जन गर्ने एक मजदुर थिए । विगत २५ बर्ष देखि नाउकाे काम गरि परिवारकाे जीविकोपार्जन गर्दै आएका उनलाई एक्कासि क्यान्सर राेग लागे पछि अहिले उपचारमा गरिरहेका छन । उपचारकाे क्रममा लाखौं रूपैयाँ पैसा खर्च भइसकेको छ । यसै बिच क्यान्सर पिडित रज्जाकलाई ट्रेड युनियन काङ्ग्रेसले आर्थिक सहयोग गरेको छ । 

 

रकमकाे हस्तान्तरण नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले गरे । सभापति श्रेष्ठ सिग्र स्वास्थ्य लाभकाे कामना गर्दै सुख र दुखमा काङ्ग्रेस रहेकाे बताए । काङ्ग्रेसले हिजोका दिनमा पनि श्रमिकहरूका पक्षमा,जनताका जनजिविकाका पक्षमा, जनताकै दुःख,सुखमासँगै रहेको र भोलिका दिनमा निरन्तर रहने बताए । 

 

रज्जाक नाउ पेशा गर्दै गर्दा नेपाल ट्रेड युनियन काङ्ग्रेसमा आबद्व भई सदस्यता लिएका थिए । उनी व्यवसाय सञ्चालन गर्दागर्दै क्यान्सर राेगबाट ग्रसित भएपछि ट्रेड युनियन काङ्ग्रेसले सहयोग गरेको हाे । सुख र दुखमा काङ्ग्रेस भन्ने कुरालाई आत्मसाथ गरि रज्जाकलाई रूपैयाँ २५ हजार नगद हस्तान्तरण गरेको ट्रेड युनियन काङ्ग्रेस पाल्पाका सचिव लाेकनाथ अधिकारीले बताए ।

 

ट्रेड युनियन काङ्ग्रेस पाल्पाका अध्यक्ष निलकण्ठ देवकोटाले मे १ तारिख एवम १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा क्यान्सर पिडित रज्जाकलाई सहयोग हस्तान्तरण गरेको बताए । क्यान्सर पिडित रज्जाकलाई सिग्र स्वास्थ्य लाभकाे कामना गर्दै आगामी दिनमा सक्दाे सहयोग गर्ने बताए । ट्रेड युनियन काङ्ग्रेसले श्रमिक दिवसकाे अवसरमा ५ जना श्रमिकहरूलाई टिका,टाेपी र दाेसल्लाले सम्मान गरेकाे छ ।

Comments