क्यान्सर पिडित पार्वती देबी खराललाई लायन्स क्लब अफ पाल्पा तानसेनकाे सहयोग

पाल्पा-जिल्लाकाे तानसेन नगरपालिका वडा न २ मा बसाेबास गर्दै आउनु भएकि क्यान्सर पिडित पार्वती देबी खरालकाे उपचारका लागि आर्थिक अभाव भएको छ । खराल उपचारका लागि पाल्पाका विभिन्न अस्पताल हुदै बुटवल,भैरबहवा ,काठमाडौ सम्म पुगीन । उपचारकाे लागि भएकाे झण्डै २५ लाख रकम खर्च भइसकेको बताइन । 

 

उनी हाल पेटकाे आन्द्राकाे क्यान्सर र पाठेघरकाे क्यान्सर भए पछि विगत १ बर्ष देखि उपचार गरिरहेकि छन । घरमा १ छाेरा आफु मात्र रहेको बताउने उनी हाल उपचारकाे लागि आर्थिक अभाव रहेको बताइन ।

 

उपचारकाे लागि भएकाे पैसा पनि सकियाे । प्रत्येक महिना किमाे चढाउनुपर्छ । अस्पताल जानुपर्छ भएकाे पैसा पनि सकियाे अब मर्नुकाे शिवाय केही छैन खरालले बताइन । घरमा एउटा छाेरा छ । छाेराले मेराे स्याहार गर्दा र अस्पताल सम्म पुर्याउदा ठिकै हुन्छ । आम्दानीकाे स्त्राेत केही छैन । सहयोगी मनहरूले केही आर्थिक सहयोग गरिदिए आभारी हुने थिए खरालले बताइन । 

 

खरालकाे परिवारलाई सहयोग 

-जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको सस्था लायन्स क्लब अफ पाल्पा तानसेनले क्यान्सर पिडित पार्वती देबी खरालकाे परिवारलाई खाधान्न सहयोग गरेको छ । बिहिवार खरालकाे घरमै पुगी,चामल,तेल,नून लगाएत खाधान्न हस्तान्तरण गरेको हाे ।  तानसेन वडा न ६ का वडा अध्यक्ष एवम लायन्स क्लब अफ पाल्पा तानसेनका सस्थापक अध्यक्ष सागर मान महर्जन,तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,समाजसेवी विनायक महर्जन,विवेक काजी शाक्य खरालकाे घरमै पुगी खाधान्न हस्तान्तरण गरेका हुन ।

 

खाधान्न हस्तान्तरण गर्दै तानसेन वडा न ६ का वडा अध्यक्ष एवम लायन्स क्लब अफ तानसेनका सस्थापक अध्यक्ष सागर मान महर्जनले क्लबले हङ्गर रिलिफ कार्यक्रम अन्तर्गत खरालकाे परिवारलाई केही राहत स्वरूप खाधान्न हस्तान्तरण गरेको बताए । तपाईं हाम्रो सानो सहयोगले उहाँको उपचार राम्रो हुन सक्छ , ‘सकेको सहयोग गरौं ।’ उनले बताए ।  क्लबकाे तर्फबाट र आफु जनप्रतिनिधि भएको नाताले उपचारकाे लागि आगामी दिनमा पनि सक्दाे सहयोग गर्ने बताए । 

 

तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले खरालकाे उपचारका लागि वडाकाे तर्फबाट गर्नुपर्ने सहयोग गर्दै आइरहेकाे बताए । विगत केही समय अगाडि नारायण युबा क्लबबाट आर्थिक सहयोग सहित खाधान्न सहयोग गरेको बताए । खरालकाे उपचारकाे लागि वडा,नगरपालिकाबाट सिफारिस बनाई सम्बन्धि पक्षमा पठाइएको र समय समयमा सक्दाे सहयोग गर्दै आएकाे बताए । क्यान्सर राेगकाे उपचारकाे लागि धेरै रकम खर्च हुने भएकोले सबैले सक्दाे सहयोग गरिदिनु हुन अनुराेध गर्नुभयाे । खाधान्न हस्तान्तरण कार्यक्रम लायन्स क्लब अफ पाल्पा तानसेनका अध्यक्ष अमन श्रेष्ठकाे अध्यक्षता र सचिव विवेक काजी शाक्यकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Comments