क्यान्सर पीडित पार्वती खडाललाई खाद्यान्न सहयोग

पाल्पा — नारायण युवा क्लब अमरनारायण फुलबारी कभर्डहल व्यवस्थापन समिति तानसेन–२, पाल्पाले क्यान्सर रोगसँग संघर्ष गरिरहेकी पार्वती खडाललाई खाद्यान्न सामग्री सहयोग गरेको छ । समाजमा सेवा भावका साथ अगाडि बढिरहेको समितिले मानवता र सहकार्यको उदाहरण प्रस्तुत गर्दै खडाललाई दैनिक जीवनयापनका लागि आवश्यक खाद्यान्न वितरण गरेको हो । खाधान्न तानसेन–२ स्थित क्यान्सर पिडित खडालकाे निवासी पुगी सहयोग हस्तान्तरण गरिएको हाे ।

 

कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सभापति एवम नारायण युवा क्लबका सस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठ,समितिका अध्यक्ष किशाेर दर्शन बज्राचार्य , उपाध्यक्ष सुनिल बुद्वाचार्प, सचिव नरेन्द्र राज शाक्य, कोषाध्यक्ष अरबिन्द काजी शाक्य,सदस्य लाल बहादुर बराल,नारायण युवा क्लबका सचिव विनायक महर्जन लगायत अन्य पदाधिकारीहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो । उपस्थित सबैले सामूहिक रूपमा खाद्यान्न सहयोग हस्तान्तरण गर्नु भएको थियाे । पार्वती खनाललाई चामल, दाल, नुन, तेल, चिउरा, चिनी, बिस्कुट लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको नारायण युवा क्लब अमरनारायण फुलबारी कभर्डहल व्यवस्थापन समितिले जनाएकाे छ ।

 

समितिका अध्यक्ष किशार दर्शन बज्राचार्यले समाजका पीडित तथा समस्यामा परेकाहरूलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व रहेको बताउनुभयो । नारायण युवा क्लब सधैं समाजसेवामा अग्रसर रहँदै आएको छ र भविष्यमा पनि यस्ता सेवामूलक कार्यहरूलाई निरन्तरता दिने बताउनुभयाे । नारायण युवा क्लब तथा नारायण युवा क्लब अमरनारायण फुलबारी कभर्डहल व्यवस्थापन समितिले सामाजिक उत्तरदायित्वसँगै खेलकुदका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेकाे बताउनुभयो ।

 

पार्वती खडाल विगत केही वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहनु भएको छ । उपचार खर्चको अभाव र जीवनयापनका कठिनाइहरूका बीच उनी अहिले पनि साहसपूर्वक बाँचिरहनु भएको छ । क्लबको यस प्रकारको सहयोगले केही हदसम्म राहत मिलेकाे परिवार स्त्राेत जानकारी दिनुभयाे ।  कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले क्लबको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै यस्ता पहलले समाजमा सकारात्मक सन्देश फैलाउने बताउनुभयाे । क्यान्सर पिडित खनालकाे स्वास्थ्य लाभकाे कामना गर्दै सभापति श्रेष्ठले आगामी दिनहरूमा थप पीडित तथा असहायहरूलाई लक्षित गरी यस्ता कार्यक्रमहरू आयोजना गर्न आग्रह समेत गर्नुभएकाे छ । नारायण युवा क्लब अमरनारायण फुलबारी कभर्डहल व्यवस्थापन समिति उपाध्यक्ष सुनिल बुद्वाचार्यले यस्ता सहयोगी कार्यक्रमहरूलाई आगामी दिनहरूमा निरन्तरता दिने बताउनुभयो । समाजमा सहकार्य, सद्भाव र सेवाभावको विकास गर्न क्लबले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको नारायण युवा क्लबका अध्यक्ष प्रविन राज शाक्यले बताउनुभयो ।

Comments