क्यान्सर पिडित बम्रेलकाे उपचारका लागि आर्थिक अभाव,सहयोग गरिदिनुहुन परिवारकाे अपिल

पाल्पा- जिल्लाकाे तानसेन नगरपालिका वडा न ११ तिलाहारकी ममता बम्रेलकाे उपचारका लागि आर्थिक अभाव भएको छ । बम्रेल गतबर्षकाे भदाै महिना देखि स्तनकाे क्यान्सर भइ अस्पतालमा उपचार गरिरहेकि छन । 

 

घरकाे आर्थिक अवस्था कमजाेर रहेको बम्रेलकाे २ वटा छाेरा र श्रीमान रहेका छन । हाल सम्म उपचारकाे लागि लाखौं  रकम खर्च भइसकेको श्रीमान ढाल बहादुर बम्रेलले बताए । घरमा आम्दानी गर्ने आफु मात्र रहेको र अहिले श्रीमती  ममता बम्रेललाई क्यान्सर राेग लागे पछि आम्दानी गर्ने स्त्राेत पनि नभएको बताए । सामान्य घरपरिवार रहेको बम्रेल परिवार माथि अहिले ठुलाे बज्रपात आइ परेको उनी बताउँछन । 

 

उपचारकाे लागि ठुलाे रकम आवश्यक पर्ने भएकाले सहयोगका लागि बम्रेलले अपिल गरेका छन । उपचारका लागि घरकाे सम्पूर्ण सम्पत्ति बेचेर पनि सम्भव नहुने भए पछि क्यान्सर पिडित ममता बम्रेल बचाउ अभियान पनि सञ्चालन गरिरहेकाे बताए ।

 

उपचार गर्नका लागि धेरै रकमका आवश्यक पर्दछ । आर्थिक रकम जुटाउन सके उपचार सम्भव रहेको डाक्टरले बताउछन । आर्थिक स्त्राेत नहुदा उपचारका लागि समस्या परेको छ,श्रीमान बम्रेलले बताए । सामान्य मजदुर गरेर परिवारकाे लालनपालन गर्दै आएका बम्रेलले श्रीमतीकाे उपचारमा भए भरकाे सम्पत्ति खर्च गर्दा पनि उपचार गर्न नसकेकोले ठुलाे बज्रपात आएकाे बताए । देश तथा विदेशमा रहनु भएका व्यक्तित्वहरूकाे सानाे सानाे सहयोग उपचार सम्भव रहेकोले सहयोग गरिदिनुहुन अपिल गरेका छन ।

Comments