क्यान्सर पिडित बम्रेलकाे परिवारलाई लायन्स क्लब अफ पाल्पाको सहयोग
पाल्पाकाे तानसेन नगरपालिका वडा न ११ तिलाहारकी ममता बम्रेलकाे उपचारका लागि सहयोग जुट्न थालेको छ । बम्रेल गत बर्षकाे भदाै महिना देखि स्तनकाे क्यान्सर भइ उपचार गरिरहेकी छन । सोमबार बम्रेलकाे घरमै पुगी लायन्स क्लब अफ पाल्पाले खाधान्न एवम नगद रकम हस्तान्तरण गरेको हाे । घरकाे आर्थिक अवस्था कमजाेर रहेको बम्रेलकाे २ वटा छाेरा, श्रीमान र घरमा वृद्ध सासू आमा रहेका छन । उपचारकाे लागि लाखौं रकम खर्च भइसकेको श्रीमान ढाल बहादुर बम्रेलले बताए । सामान्य घरपरिवार रहेको बम्रेल परिवार माथि अहिले ठुलाे बज्रपात आइ परेको उनी बताउँछन ।
क्लबले बम्रेलकाे घरमै पुगी चामल,दाल,नुन तेल लगाएतका खाधान्न र रूपैयाँ १० हजार सहयोग गरेको हाे । क्लबले हङ्गर रिलिभ कार्यक्रम अन्तर्गत तिलाहार निवासी बम्रेलकाे परिवारलाई खाधान्न एवम नगद हस्तान्तरण गरेको हाे ।लायन्स क्लब अफ पाल्पाका अध्यक्ष समीर मान सिङले क्लबले हङ्गर रिलिभ कार्यक्रम अन्तर्गत खाधान्न सहयोग गरेको बताए । क्लबले हामी सेवा गर्दछौं भन्ने मुख्य उधेश्यका साथ समाजमा कम अवसर पाएका व्यक्तिहरूलाई सेवा सहयोग गर्दै आएकाे बताए । स्तन क्यान्सर पिडित बम्रेलकाे सिग्र स्वास्थ्य लाभकाे कामना गर्दै आगामी दिनमा सहयोग गर्ने बताए । पिडितकाे उपचारकाे लागि धेरै रकम आवश्यक पर्ने भएकाले सक्दाे सहयोग गरिदिनुहुन अपिल गरेका छन ।
कार्यक्रम प्रमुख अतिथि लायन्स क्लब अफ पाल्पाका पुर्व अध्यक्ष शशी श्रेष्ठले क्लबले क्यान्सर पिडित ममता बम्रेलकाे परिवारलाई खाधान्न एवम नगद हस्तान्तरण गरि पुण्य कार्य गरेको बताइन । आगामी दिनमा एरिया भित्रका अन्य क्लबलाई सहयाेग गर्नका लागि पहल गर्ने बताइन । कार्यक्रममा पुर्व अध्यक्ष सीता बस्नेत,निवर्तमान अध्यक्ष कमला शर्मा,द्वितीय उपाध्यक्ष अजय बहादुर श्रेष्ठ,तृतीय उपाध्यक्ष बिनायक महर्जन,सचिव तुम्ला बज्राचार्य,काेषाध्यक्ष विमला बस्याल,सदस्यहरू यज्ञ श्रेष्ठ,किशाेर दर्शन बज्राचार्य,सविन मल्ल लगाएतकाे उपस्थिति रहेको थियाे ।
क्लबका निवर्तमान अध्यक्ष कमला शर्माले क्यान्सर पिडित बम्रेलकाे परिवारलाई रूपैयाँ ५ हजार सहयोग गर्ने घाेषणा गर्नु भएको छ । क्यान्सर पिडित बम्रेलकाे उपचार गर्नका लागि धेरै रकमकाे आवश्यक पर्ने श्रीमान ढाल बहादुर बम्रेलले बताए । आर्थिक रकम जुटाउन सके उपचार सम्भव रहेको डाक्टरले बताउछन । आर्थिक स्त्राेत नहुदा उपचारका लागि समस्या परेको छ,उनले बताए । सामान्य मजदुर गरेर परिवारकाे लालनपालन गर्दै आएका बम्रेलले श्रीमतीकाे उपचारमा भए भरकाे सम्पत्ति खर्च गर्दा पनि उपचार गर्न नसकेकोले ठुलाे बज्रपात आएकाे बताए । देश तथा विदेशमा रहनु भएका व्यक्तित्वहरूकाे सानाे सानाे सहयोग उपचार सम्भव रहेकोले सहयोग गरिदिनुहुन अपिल गरेका छन ।
(01701107699590000001
MAMATA BAMREL
नेपाल बैंक लिमिटेड पाल्पा शाखाकाे खाता जम्मा गरिदिनुहुन सक्नुहुनेछ)








































Comments