कुटुम्ब सहकारीको चौथो साधारणसभा, नारायण न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

पाल्पा २२ कार्तिक

कुटुम्ब बहुउेद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको चौथो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । सहकारीका शेयर सदस्य एवं माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले छोटो समयमा सहकारीले उत्कृष्ट कार्य गरी शेयरधनीको हितमा काम गरेको बताए । सहकारीको मुल्य, मान्यता र सिद्धान्तमा आधारित भएर सहकारीले काम गर्दै आएको बताउदै शेयर सदस्य चिदीले जोखिमपुर्ण कर्जा शुन्य बनाउन सफल भएकोमा बधाई दिए । सहकारी भन्नु नै एकआपसमा सहकार्य भएकोले राज्यको ३ खम्वे अर्थ नितीमा आधारित काम गर्ने वातावरण भएमा देशमा स्वरोजगार, आयआर्जनमा बृद्धि तथा देशको आर्थिक पाटो बलियो भएर जानेमा शेयर सदस्य चिदीले जोड दिए । साधारणसभामा अर्का शेयर सदस्य तानसेन नगरपालिका वडा नंं. १० का वडा अध्यक्ष हिमलाल पंगेनीले तानसेनका अन्य सहकारीको तुलनामा कुटम्ब कान्छो सहकारी भएपनि कारोवारका दृष्टिले उत्कृष्ट कारोवार गर्दै आएको बताए ।

 

​साधारणसभामा सहकारीका अध्यक्ष थानेश्वर गैरेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०७८ साल माघ ३ गते बाट कारोवार शुरु गरी हाल सम्म ५ सय ७९ जना शेयर सदस्यले कारोवार गर्दै आएको बताए । सहकारीको शेयर पुजी २ करोड ७४ लाख ८० हजार, कुल कारोवार १२ करोड ३ लाख २८ हजार, जगेडा कोषमा १६ लाख १२ हजार, अन्य कोषमा २४ लाख, संस्थाको कुल सम्पत्ती ५ करोड ७५ लाख रुपैया पुगेको सहकारी अध्यक्ष गैरेले साधारणसभामा जानकारी दिए ।

 

​संस्थाले शेयर सदस्यहरुको लागी ७ प्रतिशत व्याज दरमा ५० लाख रुपैया सम्म कर्जा उपलब्ध गराउने निति पारीत गरेको छ । शेयर सदस्यको मृत्यु भएमा १५ हजार रुपैया किरिया खर्च दिने,  ५ लाख रुपैयाको दुर्घटना विमा गरेको छ । यसैगरी संस्थाका कोषाध्यक्ष विष्णु प्रसाद खनालले  गत बर्ष र  चालु आर्थिक बर्षको आम्दानी खर्चको विवरण जानकारी दिए । कोषाध्यक्ष खनालले आर्थिक बर्ष ८१÷८२ को आम्दानी ५८ लाख ५३ हजार र खर्च २७ लाख ४६ हजार, र चालु आर्थिक बर्षको अनुमानित  आम्दानी ६७ लाख र खर्च ३४ लाख ९८ हजार रुपैया बराबरको विवरण जानकारी दिए ।

 

​साधारण सभामा उत्कृष्ट कारोवारी तर्फ बाबुराम खरेल र किसन सिंह राना, यातायात व्यबसायी ऋषिराम खनाल, कर्मचारी तर्फ व्यबस्थापक तुल्सा थापा सारु, अनिता सोमै, प्रिती थापा र सपना जि.सी. सम्मनित भएका छन । साधारणसभामा स्थापनाकाल देखी हाल सम्म कार्यसमिती लेखा सुपरिवेक्षणमा बसी काम गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सस्थाका अध्यक्ष थानेश्वर न्यौपानेको अध्यक्षता, उपाध्यक्ष महेश शर्मा आचार्यको स्वागत र सचिव नारायण न्यौपानेको ंसंचालनमा चौथो साधारणसभा तथा प्रथम अधिवेशन चलेको थियो ।

 

नारायण न्यौपानेको अध्यक्षतामा कुटम्ब सहकारीमा नयाँ नेतृत्व चयन ।

 

कुटुम्ब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रथम अधिवेशन बाट नारायाण न्यौपानेको अध्यक्षमा  चार बर्षको लागी नयाँ कार्य समिती निर्वाचित भएको छ  ।कार्यसमितीको उपाध्यक्षमा महेश आचार्य, सचिव सिन्धु पौडेल, कोषाध्यक्ष बिष्णु खनाल, सह सचिवमा शितम भण्डारी, सदस्यहरुमा गोविन्द सिंह कार्की, धन बहादुर ठडराई, प्रभा कार्की, यम प्रसाद पाण्डे, शोभाखर पोखरेल र बिक्रम अधिकारी रहेका लेखा सुपरिवेक्षण समितीको संयोजकमा रामचन्द्र आचार्य, सदस्यमा सन्देश गैरे र फुल्केन नायक निर्वाचित भएका छन । 

 

निर्वाचन मण्डलका संयोजक नारायण ज्ञवालीले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको घोषणा गरे । सस्थाको सस्थापक अध्यक्षको रुपमा थानेश्वर गैरे रहेका छन । नव निर्वाचित अध्यक्ष न्यौपानेले सस्थालाई अझै बलियो, शेयर सदस्यहरुको हितमा काम गर्न सस्थापक अध्यक्ष सहित सबैको सहमती र सहकार्यबाट काम गर्ने प्रतिवद्धता जनाए ।

Comments