कटाैजे पानी खेल मैदानमा चैत्र ५ देखि ७ गते सम्म भलिबल प्रतियाेगिता हुने!
पाल्पा- पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिका युवा तथा खेलकुद विकास समितिले पाल्पा जिल्लाका अन्तरपालिका स्तरीय चाैथाे अध्यक्षकप पुरूष भलिबल प्रतियाेगिता आयाेजना गर्ने भएको छ । "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद"भन्ने नाराका साथ जिल्ला भलिबल संघकाे समन्वयमा चैत्र ५ गते देखि ७ गते सम्म प्रतियाेगिता सञ्चालन हुनेछ ।
प्रतियाेगितामा पाल्पा जिल्लाका १० वटै स्थानीय तहबाट खेलाडीहरू सहभागी हुनेछन । रैनादेबी छहरा गाउँपालिका वडा न ५ मुझुङ्ग कटाैजेपानी खेलमैदानमा हुने प्रतियाेगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वनाका लागि पुरस्कार राखिएको छ । प्रतियाेगितामा प्रथम हुनेले ७५ हजार,द्वितीयले ४५ हजार,तृतीयले ३० हजार र सान्त्वना हुनेले १५ हजार प्राप्त गर्ने युवा तथा खेलकुद विकास समिति,रैनादेबी छहरा गाउँपालिका संयाेजक नारायण कार्कीले जानकारी दिनुभयाे ।
गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईका अनुसार गाउँपालिकामा आयाेजना हुने यस प्रतियाेगिताले पालिकालाई खेल पर्यटनमा रूपमा विकास गर्न काेषेढुङ्गा सावित हुने बताउनुभयो । प्रतियाेगिताकाे माध्यमबाट खेलाडीहरूमा अन्तरनिहित क्षमताकाे प्रस्फुटन सँगै खेलाडीहरूकाे पहिचानमा समेत महाेत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । प्रतियाेगितामा पाल्पा जिल्लाका १० वटै स्थानीय तहका खेलाडीहरू सहभागीता हुने भएकाले एक आपसमा भाइचाराकाे सम्बन्ध स्थापित गर्न समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष भट्टराईले बताउनुभयो ।








































Comments