कार्य सम्पादन मुल्याङ्कनमा पाल्पा प्रशासन दाेस्राे

पाल्पा - आ.व. ०८०/८१ को कार्यसम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय पाल्पा ९७.७५ अंक सहित देशभरिमै दाेस्राे बनेकाे छ । पाल्पाभन्दा अघि रूपन्देही छ । रूपन्देहीले पाल्पाले भन्दा शुन्य दमलब २५ अंक बढी ल्याएकाे छ । त्रैमासिक रूपमा प्रशासनले दिने सेवा, ताेकिएकाे काम, अन्य गतिविधिमा मुल्याङ्कन हुने गरेकाे छ । 

 

ती मुल्याङ्कनमा पाल्पा अब्बल अंकसहित देशभरिमा दाेस्राे बनेकाे हाे । पाल्पाले पहिलाे त्रैमासिक मुल्याङ्कनमा २९.२५, दाेस्राेमा १७.५, तेस्राेमा १७ र चाैथाे त्रैमासमा ३४ अंक पाएकाे पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयाे । कार्यसम्पादन मुल्याङ्कनमा तेस्राे बाग्लुङ र चाैथाे रूकुम पश्चिम बनेकाे छ ।

Comments