कारागारमा रहेका कैदीबन्दिको बच्चालाई तानसेन वडा न ६ ले गरिदियाे जन्मदर्ता

पाल्पा-तानसेन नगरपालिका वडा न ६ ले पाल्पा कारागारमा रहेकाे एक कैदीबन्दिको बच्चाको जन्मदर्ता गरेको छ । जन्मदर्ता नहुँदा बच्चाको पठनपाठन, स्वास्थ्य बिमा, जीवन बिमा लगाएत थुप्रै आधारभुत अवसरवाट बन्चित हुनुपरेको अवस्थालाई समेत मध्यनजर गरी अनलाइन घटनादर्ता गरिएको वडाका वडा अध्यक्ष सागर मान महर्जनले बताउनु भयो । 

 

कारागार प्रमूख भगवान भक्त अर्यालको सिफारिसमा कानुन अनुसार नै जन्मदर्ता गरको स्थानीय पन्जिकाधिकारी विशाल ओलीले बताउनुभयो । कैदीबन्दिको स्थायी ठेगानामा जन्मदर्ता गर्ने प्रावधान अनुसार बन्दिलाई स्थायी ठेगानामा लैजाना असहज हुने साथै निजको पारिवारिक अन्य सदस्य समेत स्थायी ठेगानामा नहुँदा जन्मदर्ता ४ बर्ष पुगिसक्दा सम्म हुन् सकेको थियन । 

 

जन्मदर्ता जन्मेको ३५ दिन भित्र गर्नुपर्ने प्रावधान छ । ३५ दिन भित्र घटना दर्ता नगरेमा विलम्ब शुल्क लिई अवस्था निर्क्योल गरेर मात्र दर्ता गर्ने कानुनि व्यवस्था रहेको विशाल ओलीले बताउनुभयो । कैदीबन्दिको बच्चाको यसरी पहिलो पटक विशेष परिस्थिति अनुसार कारागार रहेको स्थानीय वडा कार्यालयमा जन्मदर्ता गरिएकोमा सम्बन्धित व्यक्तिले खुसि व्यक्त गरेको छन्  ।

Comments