कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ पाल्पाको अध्यक्षमा पाैडेल
पाल्पा-कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ पाल्पाको अध्यक्षमा सुदिप पौडेल निर्विरोध निर्वाचित भएका छन । आइतबार कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ पाल्पाको १० औं साधारण सभा र ५ औं अधिवेशनबाट अध्यक्षमा सुदिप पौडेल निर्विरोध निर्वाचित भएका हुन । जस्काे उपाध्यक्षमा रोशनी बज्राचार्य, सचीवमा सुनिता अधिकारी शर्मा, कोषाध्यक्षमा गोपाल गैरे, सहसचिवमा सुनिता पन्थी अधिकारी, सदस्यमा राधिका घिमिरे निर्विरोध निर्वाचित भएका हुन ।
कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ नेपालमा सूचना प्रविधि क्षेत्रको विकास, प्रवर्द्धन र विस्तारका लागि स्थापना भएको संस्था हो । यसलाई नेपालभरका सूचना प्रविधि व्यवसायी, प्राविधिक, विद्यार्थी, र संस्थाहरूको छाता संगठनका रूपमा चिनिन्छ ।
क्यान महासंघले सूचना प्रविधिको विकास र प्रवर्द्धन: आईटी शिक्षा, सेवा, र व्यवसायलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम आयोजना गर्ने,नीति निर्माणमा योगदान र आईटी सचेतना लगाएतका क्षेत्रमा काम गर्ने गर्दछ । नवनिर्वाचित अध्यक्ष पाैडेलले आगामी दिनमा कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ पाल्पामा आवद्व रहेका सस्थाकाे हक हित र अधिकार सुनिश्चित गर्नका लागि कार्य गर्ने बताए ।








































Comments