कमलफूलको माध्यमबाट मुख्यमन्त्रीलाई कमलपोखरी संरक्षणको सन्देश

तानसेन-पाल्पाको ऐतिहासिक नगरी तानसेन नगरपालिका–७, प्रभासमा अवस्थित कमलपोखरी  संरक्षणका पहल गरिएकेा छ । कमलपेाखरी र कमल फूलकेा सौन्दर्य र महत्त्वलाई पुनः उजागर गर्दै प्रदेश सरकारको ध्यान आकर्षित गर्ने प्रयास गरिएको हेा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा उद्योग, पर्यटन तथा यातायात मन्त्रीलाई कार्यालयमा भेटघाट गर्दै नेपाली काङ्गेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ ,जिल्ला पुर्व पाटी सचिव माधव नेपाल,जिल्ला सदस्य डाक्टर माधव थापाले कमल पोखरीमा फुलेको मनमोहक कमलफूल प्रदान गर्नु भएकेा हेा । 

 

कमलफूल केवल सौन्दर्यको प्रतीक नभई, यस भेटको माध्यमबाट कमलपोखरीको संरक्षण र पुनः विकासका लागि समर्पित सन्देश पनि बोकेको छ । भेटघाटका क्रममा कमलपोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय मूल्यबारे चर्चा गर्दै, हालसम्मको अवस्थाले चिन्ता बढाएको उल्लेख गरिएको छ । पोखरीको अस्तित्व संकटमा पर्न थालेको, पेाखरीकेा उचित संरक्षण नहुदा कमलकेा फूल समेत संकटमा पर्ने अवस्था सिर्जना भएकाले मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएकेा नेपाली काङ्गेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ बताउनुभयेा ।

 

यसै सन्दर्भमा, हालको आर्थिक वर्षको बजेटमै आवश्यक रकम विनियोजन गरेर कमलपोखरीको संरक्षण र सौन्दर्यकरणको काम सुरु गर्न आग्रह गर्नुभएकेा छ । प्रदेश सरकारबाट ऐतिहासिक र पर्यटकीय सम्पदाको प्रवर्द्धनमा देखिएको चासो र प्रतिबद्धताका कारण, पाल्पाली जनताको अपेक्षा समेत बढिरहेको बताउनुभयेा । मुख्यमन्त्रीले प्रदेश सरकार पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षणमा गम्भीर रहेको बताउँदै, यस्ता स्थानहरूको समुचित विकासका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाउनुभयो । 

 

कमलपोखरीको संरक्षण सफल भयो भने यो स्थल पर्यटकहरूका लागि मात्र नभई स्थानिय बासिन्दाहरूका लागि पनि गर्वको विषय बन्नेछ । यहाँको कमलफूल, हरियाली, मौनता र सौन्दर्यले आउने दिनहरूमा तानसेनको पर्यटनमा नयाँ ऊर्जा थप्नेछ । त्यसैले, स्थानीय तह, प्रदेश सरकार र नागरिक समाजको समन्वयमा यो स्थललाई नयाँ स्वरूपमा उजागर गर्नु अहिलेको आवश्यकता हो । 

Comments