कमला देवी प्राविको वार्षिकोत्सब सम्पन्न

होम राई मगर

पाल्पा / २ पौष । कमला देवी प्राथमिक विद्यालय निस्दी-६,अर्चले,रन्गुवा,पाल्पाको ३३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

 

विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिङ्की सरा राईको अध्यक्षता सन्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर-६,अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारी रहनुभएको थियो । कार्यक्रममा बोल्नु हुँदै वडा अध्यक्ष सुनारीले अहिले ग्रामीण स्तरका विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै जाने समस्या रहेकोले विद्यार्थी टिकाउनु पर्ने जोड दिनुभयो । उहाँले शैक्षिक उपलब्धि वृद्धि गर्न र विद्यार्थी छोड्ने दर घटाउन अतिरिक्त क्रियाकलाप सन्चालन गर्नु पर्ने बताउनुभयो । 

 

कार्यक्रममा गोरखनाथ माध्यमिक विद्यार्थी अर्चलेका सहायक प्रधानाध्यापक लाल बहादुर बयम्बु,समाजसेवी कृष्ण बहादुर सुनारी,तोल बहादुर राई लगायतकाले विद्यालयको हितका बारेमा बोल्नुभएको थियो । विद्यालयका पहिलेका अध्यक्ष हेम बहादुर बयम्बुले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा राम्रो गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । विद्यालयका शिक्षिका सोनिया बयम्बुले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन शिक्षिका टुकी सरा बरालले गर्नुभएको हो

Comments