कोलोराडोमा उपसभामुख ईन्दिरा राना मगरसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विक्रम वारघरे । कोलोराडो । मगर संघ अमेरिका कोलोराडो च्यापटरको आयोजनामा नेपाल प्रतिनिधि सभाका उप-सभामुख तथा पि.ए. नेपालका संस्थापक अध्यक्ष मा. इन्दिरा राना मगरसंग स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फिस्टल रेस्टुरेन्ट, व्राईटन कोलोराडोमा भएको कार्यक्रममा सभामुख रानाले सहभागीको प्रश्नको जवाफ दिनु भएको थियो । रानाले आफुलाई राजनीति मन नपर्ने तर नीति नियम तथा आवाज उठाउने स्थान नै प्रतिनिधि सभा भएकाले आफू राजनीतिमा लागेको वताउनु भयो । भविष्यमा राजनितीमा सक्रिय रहिरहने थाहा नभएको तर अवको ४ वर्ष आफुले कसैलाई भेदभाव नगरी पार्टी भन्दा माथि उठेर देशको सेवा गर्ने वताउनु भयो ।
त्यस्तै पि.ए. नेपालका अध्यक्ष सुबानी आले मगरले संस्थाले देशभरीका १० स्थानमा ४०० वढी वालवालिकाहरुकाे हेरचाहा गरिरहेको वताउनुभयो । मगर संघ काेलाोराडो च्यापटरका अध्यक्ष कृष्ण थापा मगरले च्यापटरले पि. ए. नेपाललाई सकेको सहयोग गर्ने वताउनुभयो । च्यापटरका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षता, उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता तथा सचिव उपेन्द्र राना मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।








































Comments