कोलोराडोमा जनजाती आयोगका मा. डा. मीन श्रीस मगरसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
कोलोराडो-मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा आदिवासी जनजाती आयोगका माननिय डा. मीन श्रीस मगर संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फिस्टल रेस्टुरेन्ट, व्राईटन कोलोराडोमा भएको कार्यक्रममा माननिय डा. मीन श्रीस मगरले सहभागीको प्रश्नको जवाफ दिनु भएको थियो । डा. श्रीसले आफुले मगर आफु समाजशास्त्रको बिधार्थी भएको र मगर संस्कृतीमा बिद्या वारीधी गर्दै गर्दा भोग्नु भएका अनुभवहरु, नेपालमा आदिवासी जनाजाती हालको अवस्था र भाषा र संस्कृतिक संरक्षणका चुनौतीहरु जस्ता बिषयमा आफ्ना भनाई तथा आदिवासी जनाजाती आयोगले गर्ने कामको बारेमा बृस्तृतरुपले प्रकाश पार्नु भएको थियो । हाल नेपालमा मगरको संस्कृती र मगर जाती बारे बिभिन्न अध्यन गर्ने बिद्यार्थीको संख्यामा वृद्धि भएता पनी आफु नेपालको मगर संस्कृतीमा बिद्या वारीधी (PhD) गर्ने पहिलो ब्यक्ती भएको जानकारी गर्नु भएको थियो। अन्तरक्रिया कै क्रममा नेपाल आदिवासी जनजाती आयोग, आदिवासी जनजाती महासंघ र आदिवासी जनजाती उत्थान प्रतिष्ठानको काम, कर्तब्य, अधिकार र भूमिकाका भिन्नता जस्ता बिषयमा प्रस्ट पार्दै नेपालको स्थानिय कार्यपालिकाबाटै सम्बन्धित कार्यपालिका अन्तर्गतका शैक्षिक संस्थाहरुमा पठन पाठन जस्ता बिषयहरु कार्वानयन नगरे सम्म यसले सार्थकता नपाउने कुरामा जोड दिनुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अध्यान र अवस्था बुझ्ने क्रममा नेपालको आदिवासी जनजाती आयोग र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनजाति मामिला आयोगका माननीय मन्त्री H.E.Pan Yue को नेपाल भ्रमण र MoU हस्ताक्षर भएको पनी जानकारी गराउनु भएको थियो । उपस्थित सहभागीहरुको प्रश्नको उत्तर दिदै नेपालमा KU ले आदिवासी जनजातीका बिषयमा स्नोक्त्तोर स्तर सम्म अध्यापन शुरु गरेको तथा नेपालको खुला विश्व विद्यालयले पनि बिभिन्न जात र जातिको बिषयमा उच्च शिक्षा प्रदान गर्न शुरु गरेको जानकारी गराउनु भएको थियो ।
च्याप्टरका अध्यक्ष उपेन्द्र मगरको अध्यक्षता, माननिय डा. मीन श्रीस मगरको प्रमुख आतिथ्यता र मगर संघ अमेरिकाका केन्दि्य सदस्य श्री किसम लाल थापा मगर र संघका सचिव बिक्रम बरघरे मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।








































Comments