क्लब स्तरीय जिल्ला लिग फुटबल प्रतियाेगिताकाे उपाधी न्यु युथ युनियन क्लबलाई

पाल्पा तानसेन स्थित  टुडिखेलमा सञ्चालन भएको क्लब स्तरीय जिल्ला लिग फुटबल प्रतियाेगिताकाे उपाधी युथ युनियन क्लबले हात पारेको छ । प्रतियाेगिताकाे फाइनल खेलमा न्यु युथ युनियन क्लब र न्यु ब्वाइज क्लबबिच भएको थियाे । खेलकाे अन्तिम सम्म दुबै क्लबले गाेल गर्न सकेनन ।अन्तमा निश्चित खेलकाे नियम र मान्यता बमोजिम युथ युनियन क्लबले उपाधी हात पार्न सफल भयाे । 

 

प्रतियाेगितामा प्रथम हुने न्यु युथ युनियन क्लबले रूपैयाँ ८० हजार,सिल्ड,मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन । भने द्वितीय हुने न्यु ब्वाइज क्लबले रूपैयाँ ५० हजार ,सिल्ड,मेडल र प्रमाणपत्र,ट्रफि प्राप्त गरेका छन । भने तृतीय हुनेले रूपैँया २५ हजार सिल्ड,मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन । ९ वटा क्लबकाे सहभागी रहेको खेल जेठ ७ गतेबाट तानसेन स्थित टुडिखेलमा भइरहेको थियाे । 

 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले जिल्ला स्तरमा आयाेजना हुने यस्ता प्रतियाेगीतात्मक खेलले खेलाडीकाे उत्पादनमा टेवा पुग्ने बताए । जिल्ला स्तरमा आयाेजना हुने यस्ता प्रतियाेगिताका लागि समितिकाे तर्फबाट  र आफनाे व्यक्तिगत तर्फबाट सहयोग गर्न तयार रहेको बताए । 

 

कार्यक्रममा पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई,तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,न्यु युथ युनियन क्लबका अध्यक्ष मनाेज लिगल लगाएतकाे उपस्थिति रहेको थियाे । प्रतियाेगिताकाे समापन कार्यक्रम पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीर जङ्ग राणाकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

Comments