कांग्रेसको १०० दिने विशेष अभियान पाल्पामा तिव्र,६५ वटा वडामा अभियान सम्पन्न
पाल्पा-नेपाली कांग्रेसले विशुद्ध पार्टीको सांगठनिक काममा परिचालित हुने गरी सय दिने अभियानको घोषणा गरेको थियाे । केन्द्रीय नेतालाई १०० दिनसम्म तोकिएको जिल्लामा संगठनमा खट्ने गरी केन्द्रले कार्यादेश तयार गरेकाे छ ।
पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी अभियान सुरु गरिएको थियाे । अभियान मार्फत जिल्ला पुगेका केन्द्रीय नेताले विधान बमोजिम नियमित बैठक/सम्मेलन नभएको भएर कारणको खोजी गरी समस्या समाधान गर्नुपर्ने प्रावधान रहेको छ । संगठनमा भएको विवाद समाधान गर्ने गरी तोकिएका प्रतिनिधिले स्थानीय तह र पार्टीको समन्वय गराउन भूमिका खेल्नुपर्ने गरि शुरू भएको १०० दिने अभियान पाल्पामा तिव्र रूपमा अगाडि बढिरहेको छ ।
नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले हाल पाल्पा जिल्लाका १० वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा अभियान सम्पन्न भएको बताउनुभयो । ८१ वटा वडा रहेको पाल्पामा ६५ वटा वडामा जिल्ला स्तरीय नेताहरूलाई प्रतिनिधि बनाइ अभियान सम्पन्न गरिसकेको बताउनुभयो । सभापति श्रेष्ठले सय दिने विशेष अभियानमा खटिने प्रतिनिधिको लागि पार्टीले कार्यादेश दिएको छ । वडा,पालिका क्षेत्रमा गएर पार्टी संगठन सुदृढीकरणका लागि खटिने प्रतिनिधिलाई जिल्ला पार्टीले अभिमुखीकरण समेत गरिसकेको बताउनुभयो । अभियान सकेर फर्किँदा प्रतिनिधिहरुले जिल्ला कार्यालयमा संगठनको वस्तुगत अवस्था प्रतिवेदन बनाईमा पेश गर्नुपर्ने गरि निर्देशन दिइएको बताउनुभयो ।
विशेष गरि १०० दिने अभियानमा आन्तरिक समस्या, हुन नसकेका बैठक÷सम्मेलन, विवाद लगायतका कार्य प्रतिनिधिले वडा,पालिका र क्षेत्रमा गएर गर्नुपर्नेछ । प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनु पर्दछ । विभिन्न तहका कार्य समितिलाई वार्षिक कार्यतालिका बनाउन पनि लगाउने सभापति श्रेष्ठले बताउनुभयो । अभियानमा क्रियाशील सदस्यता कार्ड पुगे÷नपुगेको अभिलेख राख्ने, सदस्यता कार्ड वितरण नभएको भए प्रतिनिधिबाट वितरणको व्यवस्था गरिएको बताउनुभयो । अभियानमा भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका समस्या पनि समाधान गर्नुपर्ने,भ्रातृ एवं शुभेच्छुक संस्थामा विवाद भए त्यसको प्रकृति निक्र्यौल गरी समाधानका लागि समन्वय गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिले समसामयिक विषयमा समेत पार्टी पङ्तिलाई जानकारी गराउने कार्यादेश दिइएको छ । सय दिने अभियान सकिएपछि समग्र जिल्लाको वस्तुगत अवस्था बारे छलफल गर्नका लागि बैठक राखिने बताउनुभयो ।
हाल पाल्पा जिल्लामा १०० दिने अभियानका लागि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवम पुर्व सांसद भरत कुमार शाह प्रतिनिधिकाे रूपमा खटिनु भएको छ । शाह अहिले पाल्पाका जिल्लाकाे १० वटै स्थानीय तहकाे पालिका स्तरीय कार्यक्रममा सहभागी भइरहनु भएको छ ।
यसैबीच नेपाली काङ्ग्रेसकाे १०० दिने विशेष अभियान पाल्पाकाे रम्भा गाउँपालिका वडा न ३ पिपलडाडामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस रम्भा वडा न ३ वडा कमिटिकाे आयाेजनामा भएको १०० दिने बिशेष अभियान नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएको हाे । कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति श्रेष्ठले नेपाली काङ्ग्रेस पाटीकाे इतिहास गर्भिलाे भएकै कारण काङ्ग्रेस हुनुपर्ने बताउनुभयो । उहाले भन्नू भयाे,नेपाली काङ्ग्रेस किन हुने भन्ने सवालमा ५ वटा कुराका कारण नेपाली काङ्ग्रेस हुनुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेस पाटीकाे इतिहास गर्भिलाे छ, नेपाली काङ्ग्रेसका नेता विपि काेइराला,गणेशमान सिङ,गिरिजा प्रसाद काेइरा,सुशील काेइराला जस्ताहरूकाे इतिहास गर्भिलाे छ,नेपाली काङ्ग्रेसले हरेकाे आन्दाेलनकाे नेतृत्व गरेको छ, विकास र परिवर्तन शुरूवात नेपाली काङ्ग्रेसले गरेका कारण नेपाली काङ्ग्रेसमा जाेडिन आवश्यक रहेको बताउनुभयो ।
१०० दिने विशेष अभियानमा नेपाली काङ्ग्रेस पाल्पाका निवर्तमान पाटी सभापति एवम लुम्बिनी प्रदेशका सांसद वीर बहादुर राना,नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सदस्य बिष्णु प्रसाद पाेखरेल,नेपाली काङ्ग्रेसका पाल्पा जिल्ला सदस्य विश्व अर्याल,नेपाली काङ्ग्रेस पाल्पा क्षेत्र न २ का क्षेत्रीय सभापति मुक्ति राम जि सी,नेपाल दलित संघका केन्द्रीय सदस्य एवम रम्भा गाउँपालिका वडा न ३ का प्रतिनिधि बिष्णु बम्ररेल,रम्भा गाउँपालिका वडा न ३ का वडा अध्यक्ष थमन गाहा लगाएतकाे विशेष उपस्थिती रहेको थियाे । नेपाली काङ्ग्रेस रम्भा गाउँपालिका वडा न ३ का सभापति ज्ञान बहादुर बराल सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियाे ।
त्यस्तै शनिबार तानसेन वडा न १२ मा १०० लिने विशेष अभियान नेपाली काङ्ग्रेस पाल्पाका निवर्तमान पाटी सभापति वीर बहादुर रानाकाे प्रमुख आतिथ्यता सम्पन्न भएको छ । भने माथागढी गाउँपालिका वडा न ४ देउगिरमा नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर गाहाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।








































Comments