कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल हो : सभापति श्रेष्ठ
पाल्पा । नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताएका छन् । मंगलबार नेपाली काङ्ग्रेस तानसेन वडा न ३ ले आयाेजना गरेको गणतन्त्र दिवसकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति श्रेष्ठले अहिले केही राजनीतिक दलहरु मिसन २०८४ भनेर हिँडिरहेको भएपनि कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताए । उनले कांग्रेसले पार्टीलाई विचार प्रधान बनाएर लैजानुपर्ने बताए । उनले चुनावमा मलाई जिताइदिनुस् भन्ने मिसन बोक्दा देश बिग्रिएको बताए । सभापति श्रेष्ठले नेपाली राजनीति, संसदीय पद्धतिमा र बहुदलमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गरेर बस्ने डरलाग्दो परिपाटी देखिएको बताए । उनले नेपाली काङ्ग्रेसले ३ वटा कुरालाई मध्ये नजर गरेमा जस्तो सुकै शक्ति आए पनि नेपाली काङ्ग्रेस पहिलाे पाटी बन्ने निश्चित रहेको बताए । उनले पाटीमा अधिवेशन मुखी ट्रेनकाे अन्त्य गर्नुपर्ने,गुटगत प्रणालीमा टिकट दिने प्रणालीकाे अन्त्य हुनुपर्ने र पाटी भित्रका असन्तुष्टि पाटी भित्र नै राख्ने प्रणालीकाे विकास भएमा नेपाली काङ्ग्रेस पहिलाे पाटी हुने निश्चित रहेको बताए । यस्काे शुरूवात नेपाली काङ्ग्रेस पाल्पाले शुरू गरेको बताए । उनले अब नेताहरू कर्ममा लाग्नुपर्ने बेला आएकाे बताए । अब युग जाती बिशेष,भुगाेल,लिङ्ग विशेषको युग नभएको बताए । अबकाे युग कर्म युग हाे, कर्म गर्नेले फल प्राप्ति गर्छ । त्यसैले पाटीका विभिन्न तह र तप्कामा रहेका साथीहरूले पाटीलाई बलियाे बनाउने कुरा पदिय दायित्व अनुसार लाग्न आर्गह गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेस तानसेन नगरपालिकाका नगर सभापति सुवर्ण मुनि शाक्य,महिला नेतृ सन्ध्या बज्राचार्य ,नेपाली काङ्ग्रेसका नेता सर्जुमान लिगत लगाएतले मन्तव्य राखेका थिए । गणतन्त्र दिवसकाे अवसरमा आयाेजित अन्तक्रिर्या कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका नेता राजेन्द्र गाेपाल सिहले प्रशिक्षण दिएका थिए । कार्यक्रमकाे अवसरमा कृयाशिल सदस्यहरूलाई सदस्यता कार्ड वितरण गरिएकाे नेपाली काङ्ग्रेस तानसेन वडा न ३ का वडा सभापति पुष्कर राज रेग्मी बताए ।








































Comments