ज्याेति विकास बैंक तानसेन शाखाद्वारा विद्यालयलाई कम्प्युटर र प्राेजेक्टर वितरण
पाल्पा- ज्याेति विकास बैंक तानसेन शाखाले एक विद्यालयलाई ३ वटा कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले एक कार्यक्रमका बिच जिल्लाकाे रम्भा गाउँपालिका वडा न १ काे श्रीकृष्ण माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हाे । बैंकले कम्प्युटरकाे साथमा १ वटा प्राेजेक्टर पनि हस्तान्तरण गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा कम्प्युटर हस्तान्तरण गरिएको ज्याेति विकास बैंक तानसेन शाखाका प्रमुख गाेविन्द ढकालले बताउनुभयो । माध्यमिक विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि कम्प्युटर र प्राेजेक्टर उपलब्ध गराइएको बताउनुभयो ।
रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बैंकले विद्यालयलाई कम्प्युटर र प्राेजेक्टर हस्तान्तरण गरि प्रशंसानीय कार्य गरेको बताउनुभयो । विद्यालयले हस्तान्तरण गरिएको सामग्रीको उच्चतम प्रयोग गर्दै शैक्षिक गुणस्तर सुधारको अभियानलाई प्रभावकारी बनाउन आग्रह समेत गर्नुभयाे । कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका कर्जा विभाग प्रमुख विकास राना भाटले आधुनिक शिक्षामा जोड दिँदै शिक्षालाई प्रविधि मैत्री बनाउने उद्धेश्यले विद्यालयमा ३ थान कम्प्युटर र १ थान प्राेजेक्टर हस्तान्तरण गरिएको बताउनुभयो । बैंकले रूपैयाँ १ लाख ८० हजार बराबरको सामाग्री हस्तान्तरण गरेको बताउनुभयाे । कार्यक्रममा रम्भा वडा न १ का पुर्व वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मी,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,स्थानीय वृद्धिजिवि,समाजसेवीहरूकाे उपस्थिति रहेको थियाे ।
बैंकले आधुनिक शिक्षामा जोड दिँदै शिक्षक र विद्यार्थीलाई प्रविधि मैत्री बनाउने उद्धेश्यले सामुदायिक विद्यालयलाई कम्प्युटर र प्राेजेक्टर वितरण गरिएको जनाएको छ । विद्यार्थी तथा शिक्षकहरूको सिकाइ तथा क्षमता अभिवृद्धि गर्न नमूना विद्यालय प्रोत्साहन कार्यक्रम अन्तर्गत बैंकले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हाे ।








































Comments