जेठ २२ गते देखि तानसेन–४ काे आयाेजामा विद्यालयस्तरीय छात्र–छात्रा क्रिकेट प्रतियोगिता हुँदै
पाल्पा— तानसेन नगरपालिका वडा नम्बर ४ को आयोजनामा विद्यालयस्तरीय छात्र तथा छात्रा क्रिकेट प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । तानसेन नगरपालिका वडा ४ नम्बर कार्यालयको आर्थिक सहयोगमा हुने प्रतियोगिता तानसेनको टुडिखेल मैदानमा सञ्चालन हुने छ ।
प्रतियोगितामा तानसेन नगरपालिका भित्रका विभिन्न माध्यमिक विद्यालयका छात्र तथा छात्रा टिमहरू सहभागी हुनेछन् । खेल संयाेजक प्रियकर मुनि शाक्यका अनुसार प्रतियोगिता लिग चरणबाट सुरु भई सेमिफाइनल हुँदै फाइनल खेलद्वारा सम्पन्न हुनेछ । वडा नम्बर ४ का वडाध्यक्ष हेमन्त राज शाक्यले प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उहाका अनुसार खेलकुद कार्यक्रमले शिक्षा क्षेत्रसँगै समग्र सामाजिक विकासमा समेत योगदान पुर्याउने बताउनुभयो ।
प्रतियोगितामा विजेता टिमले प्रथम द्वितीय र तृतीय हुनेले कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै, उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कार दिइनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर तथा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीले सिल, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । वडाले विगत वर्षहरूमा पनि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्षको क्रिकेट प्रतियोगिता थप व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको वडा सदस्य हरि थापाले बताउनुभयो ।








































Comments