जर्नल लाेकार्पण तथा सम्मान कार्यक्रम
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा जर्नल लाेकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. कृष्णप्रसाद बस्यालले पानसमा द्वीप प्रज्ज्वलन गरी कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियाे । कार्यक्रमकाे अवसरमा त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापकहरूद्वारा प्रकाशित विज्ञसमीक्षित पत्रिका त्रिभुवन जर्नलकाे लाेकार्पण गरिएको थियोे ।
जर्नल प्रकाशनकाे प्रक्रिया तथा त्रिभुवन जर्नल २ माथि अनुसन्धान व्यवस्थापन समितिका अध्यक्ष डा. शंकरप्रसाद गैरेले टिप्पणी माथि प्रकाश पार्नुभयाे । डाक्टर गैरेले क्याम्पस प्रकाशित हुँदै आएका अरू पत्रिकाकाे प्रकाशन सन्दर्भलाई जाेड्नुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि त्रिविका रजिस्ट्रार डा. कृष्णप्रसाद बस्यालले शैक्षिक धराेहरका रूपमा रहेको ऐतिहासिक क्याम्पसलाई कसरी माथि उठाउने भन्ने कुराले पदधार ग्रहण गरेसँगै चिन्तित रहेको बताउनुभयो । आफु पाल्पाली भएको र विगतमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा सहायक क्याम्पस प्रमुख हुदाँ सिकेको अनुशासन र इमानदारिताले आफूलाई यहाँसम्म पुर्याएकाे कुरा व्यक्त गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसकाे कमजोर पूर्वाधारलाई माथि उठाउने कुरामा गम्भीरतापूर्वक लिएर अगाडि बढ्ने बताउनुभयो । उहाले परीक्षा सुधारको पाटाेलाई पहिलो प्राथमिकतामा राख्ने, नीतिगत त्रुटिलाई सुधार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । माेफसलका क्याम्पसकाे साझा समस्या रहेको र विश्वविद्यालयले ग्रेडिङ गरेर अगाडि बढ्नुपर्ने विचार राख्नुभयो । नीतिगत कुरा, भाैतिक संरचना सुधारको कुरा, स्थानीय याेगदानलाई विशेष सम्बाेधन गरेर अगाडि बढ्नुपर्ने बेला आएको र आफु यस बिषयमा कटिबद्ध भएर लाग्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व क्याम्पस प्रमुख तथा साहित्यकार चाेलेश्वर शर्माले वि स २०४७ सालदेखि २०५९ सालसम्म सहकर्मीका रूपमा रहेका मित्र त्रिविको रजिस्ट्रारमा नियुक्त हुनुभएकाेमा क्याम्पस र पाल्पालीलाई गाैरवकाे अनुभूति भएको सन्दर्भ जाेड्नुभयाे । उहाँले भाेलिका दिनमा माथिल्ला पदमा रहेर सेवा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको धारणा राख्नुभयाे । विश्वविद्यालयकाे पहिचान कक्षाकाेठाकाे पठनपाठनका साथै अनुसन्धानमूलक कार्य नै प्रमुख रहेकोमा नियमित रूपमा पत्रिकाहरू प्रकाशन गरेकोमा बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।
शुभकामना मन्तव्य राख्नेहरूमा क्याम्पस स्ववियुका सभापति कृष्ण अर्यालले प्राध्यापक तथा कर्मचारीकाे कमीका कारण क्याम्पसले झेल्नुपरेको समस्यालाई उल्लेख गर्नुभयाे । आगामी दिनमा त्रिभुवन बहुमुखी क्याम्पसमा पक्कै पनि सुधार हुने आशा राखिएको विचार उहाँले व्यक्त गर्नुभयो ।
तानसेन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख पुष्करराज रेग्मीले पाल्पाको उच्चशिक्षाका बारेमा त्रिभुवन बहुमुखी क्याम्पसले नेतृत्व गर्नुपर्ने सुझाव दिनुभयो ।
साहित्यकार राजेन्द्रगाेपाल सिंहले पत्रिका प्रकाशनकाे इतिहासलाई सङ्केत गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको भविष्य हाे भन्दै प्राध्यापकहरूले सम्मान तथा सामना ग्रहण गर्न तयार हुनुपर्ने विचार उहाँले प्रस्तुत गर्नुभयो ।
त्रिवि कर्मचारी संघका अध्यक्ष डुकुलराज ढकाल,त्रिवि प्राध्यापक संघ एकाइ समितिका सभापति खिमबहादुर राना लगाएतले मन्तव्य राख्नु भएको थियाे ।
कार्यक्रम क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईकाे अध्यक्षतामा भएको हाे । उहाँले क्याम्पकाे अब्बल पठनपाठन र गुणात्मकता सन्तोषजनक रहेको सन्दर्भलाई उठाउनुभयाे । क्याम्पसले झेल्नुपरेका समस्या र समाधानका लागि पहल गर्न पाल्पाबाटै त्रिवि नेतृत्वमा रहनुभएका नेतृत्वलाई साेच्न आग्रह गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णबहादुर कार्कीले गर्नुभएको थियोे । कार्यक्रमकाे सञ्चालन सहायक क्याम्पस प्रमुख डा. रामनाथ न्याैपानेले गर्नुभएको हाे ।








































Comments