ज्ञान ज्याेती सामुदायिक विद्यालय बगनासकाली वडा न २ पाेखराथाेक पाल्पाकाे १९ औं बार्षिकाेत्सव सम्पन्न
पाल्पा-जिल्लाकाे बगनासकाली गाउँपालिका वडा न २ पाेखराथाेक पाल्पाको १९ औं बार्षिकाेत्सव सम्पन्न भएको छ । कार्यक्रमकाे उद्घाटन लुम्बिनी प्रदेशका पुर्व उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री एवम प्रदेश सांसद वीर बहादुर रानाले गर्नु भएको हाे । वि स २०६१ सालमा स्थापना भएको समुदायिक विद्यालयले १९ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद रानाले अबकाे शिक्षा प्रणाली समय र युग सुहाउदाे हुनुपर्ने बताउनुभयो । नेपालकाे शिक्षा प्रणाली व्यवहारक हुनुपर्ने बताउदै यस तर्फ देशका तीन तहका सरकारले छलफल र बहसकाे बिषय बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समयमा विधालयमा भाैतिक संरचना निर्माण भएता पनि विद्यालयहरूमा विद्यार्थी नहुनु चिन्ताकाे विषय रहेको बताउदै विद्यार्थीहरूलाई समय सुहाउदाे प्रविधि युक्त शिक्षामा जाेडी शैक्षिक गतिविधिलाई अगाडि बढाउन देशका तीन तहका सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । नेपालकाे संविधानले माध्यमिक विद्यालय सम्म विद्यार्थीहरूले निशुल्क शिक्षा आर्जन गर्न पाउने व्यवस्था भएता पनि सत प्रतिशत कार्यान्वयन हुन नसकेको बताउनुभयो । नेपालकाे शिक्षा प्रणाली हुदा खाने र हुनेखानेका छाेराछाेरिहरूले समान रूपमा पढ्ने व्यवस्था हुनुपर्ने कुरामा जाेड दिनुभयाे । देशमा एकतात्मक राज्य शासन व्यवस्थाकाे अन्त्यसँगै मुलुक संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा रहेको र पालिका भित्रका विद्यालयहरूकाे दायित्व स्थानीय सरकारकाे रहेकाे बताउदै विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि गर्न सबै पक्ष एक भइ अग्रसर हुनुपर्ने बताउनुभयो । हिजाे हराबरा रहका गाउँ घर आज बसाइँसराइका कारण उजाड हुँदै गइरहेकाले अब" जन्म घर फर्केर हेर "अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकाेले आफु प्रदेश सांसद भएको नाताले अब लुम्बिनी प्रदेशबाट याे अभियान शुरू गर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले हरेक विद्यालयकाे चाैतर्फि विकास गर्न शिक्षक,विद्यार्थी र अभिभावककाे त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताउनुभयो । बगनासकालि गाउँपालिका स्त्राेत तथा साधन कम भएको गाउँपालिका रहेकाले शिक्षा क्षेत्रमा जति बजेटकाे सुनिश्चित हुनुपर्ने हाे त्यती हुन नसकेको बताउदै पालिकाले आफ्नाे स्त्राेत तथा साधनकाे प्रचुल मात्रामा प्रयाेग गरि शैक्षिक गतिविधिलाई गुणस्तरीय बनाउन अग्रसर रहेको बताउनुभयाे । गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिकाले रहेकोले उक्त इन्डिकेटर भित्र रहि पालिकाले आफ्ना गतिविधि सञ्चालन गरिरहेकाे बताउनुभयो । अभिभावकहरूले छाेरा छाेरीलाई विद्यालय पठाएर मात्र शैक्षिक गुणस्तर वृद्धि नहुने भएकाले समय समयमा विद्यालयमा उपस्थिति भइ विद्यार्थीकाे शैक्षिक अवस्थाकाे जानकारी लिने र सल्लाहा सुझाव दिने दायित्व पनि अभिभावक रहेकाले यस तर्फ पनि अभिभावकहरूले ध्यान दिनुपर्ने बताउनुभयो । गाउँपालिकाले शिक्षा ऐन मार्फत पालिकाकाे समग्र शैक्षिक गुणस्तर वृद्धि गर्न आफ्ना गतिविधिहरू अगाडि बढाइरहेको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी माधव नेपाल,सामाजिक स्त्राेत विकास केन्द्रका प्रमुख पिताम्वर बस्याल, पुर्व शिक्षक रमेश गैरे,बिष्णु माध्यमिक विद्यालयका शिक्षक गाेविन्द खनाल लगाएतले मन्तव्य राख्नु भएको थियाे ।
कार्यक्रमकाे स्वागत मन्तव्य कक्षा ८ मा अध्ययनरत छात्रा साहिरा पहारी,विद्यालयका शिक्षक निर्मल दर्लामीकाे राख्नु भएको थियाे । कार्यक्रममा विद्यालयका प्राधानाध्यापक बाल कृष्ण गैरेले चालु आर्थिक बर्ष २०८०/८१ काे कुल ७६ लाख ९५ हजार ८ सय ३० बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे । विद्यालयले आगामी दिनमा गुणस्तरीय अङ्ग्रेजी शिक्षा कार्यक्रमलाई अझ व्यवस्थित गर्दै लैजाने,आई सि टि युक्त कक्षा काेठाकाे व्यवस्था गर्ने,व्यवसायीक शिक्षा सहितको माध्यमिक तह सञ्चालन गर्ने,विज्ञान र कम्प्युटर प्रयाेगशालालाई अझ व्यवस्थित गर्ने र विद्यार्थीहरूलाई अतिरिक्त कृयाकलापमा अझ अब्बल बनाउदै लैजाने याेजना रहेको बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबी प्रसाद न्याैपानेकाे अध्यक्षतामा सम्पन्न भएको हाे । हाल विद्यालयमा १ सय ९५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन ।








































Comments