जनताको मत खेर जान दिन्नः सोम प्रसाद पाण्डेय

तानसेन, १० फागुन,नेपाली कम्युनिष्ट पार्टी पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले जनताको मत खेर जान नदिने बताउनुभएको छ । आइतबार बगनासकाली गाउँपालिकाका विभिनन वडाका मतदातासंगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो । उम्मेद्वार पाण्डेयले आफू सधै नागरिककै कामका लागि तत्पर रहेका बताउँदै जनताको मतको कदर हुनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । पूर्व मन्त्री समेत रहनुभएका उम्मेद्वार पाण्डेयले निर्वाचन संवैधानिक व्यवस्था भएको जनाउँदै उहाँले भन्नुभयो,  जित र हार स्वीकार गर्न सक्छु तर, जनताबाट म कहिले टाढा हुन सक्दिन । मैले मेरो पूरा जीवन पाल्पाली जनताका लागि सर्मपित गरेको छु । मैले विगतमा गरेका कामको मुल्यांकन सबै पाल्पावासीले गर्नेमा म ढुक्क छु । उहाँले भन्नुभयो । 

 

उहाले अबको यात्रा आर्थिक समृद्धिको रहेको बताउँदै उहाँले जिल्लाको आर्थिक विकासका लागि गुरु योजना तयार गरेर समग्र पाल्पाको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उम्मेदवार पाण्डेयले पाल्पा दुईका मतदाताले यसपाली विकास र समृद्धि रोज्ने बताउँदै आफू निर्वाचित हुनेमा ढुक्क रहेको मतदातासंग बताउनुभयो । घरदैलोमा पुग्दाको प्रतिक्रियाले आफू निकै उत्साहित भएको बताउनुभयो ।  

Comments