जन्मदिनकाे अवसरमा व्यवसायी शर्माले गरे खाधान्न हस्तान्तरण
पाल्पा-मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर तानसेनका एक युवाले आफ्नो जन्मदिन फरक ढंगले मनाएका छन । उनले खाधान्न सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् ।
साेबार फागुन २१ गते जन्मदिन परेका तानसेन नगरपालिका बडा नं ६ का युवा व्यवसायी युवराज शर्माले आफ्नो जन्मदिनको अवसर पारेर आर्थिक अवस्था कमजाेर भएका तानसेन वडा न ६ कुन्सरे निवासी शान्ति विककाे परिवारलाई खाधान्न हस्तान्तरण गरेका हुन । उनी लायन्स क्लब अफ पाल्पा रानीमहलका सह सचिव समेत हुन । उनले क्लबकाे माध्यमबाट विककाे घरमै पुगी सहयोग गरेका हुन ।
जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि शान्ति विककाे परिवार सहयोग गरेको शर्माले बताए । समाजसेवी शर्मा एक व्यवसायी पनि हुन । उनले तानसेन वडा न ६ बसपार्कमा माेबालकाे व्यवसाय गर्दै आएका छन । कार्यक्रम लायन्स क्लब अफ पाल्पा रानीमहलका अध्यक्ष काेसिस भण्डारी अध्यक्षतामा भएको थियाे । खाधान्न हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका जिल्ला गेट टिम मेम्बर लायन सुशील प्रधान,विशिष्ट अतिथि लायन्स क्लबका डिस्ट्रिक डिपार्टमेन्ट मेम्बर कमल राज तिमिल्सिना,लायन्स क्लब अफ पाल्पा रानीमहलका प्रथम उपाध्यक्ष राजेश भट्टराई,सदस्य सन्दिप पाण्डेय,वडा न ६ का वडा सदस्य दिर्घ सिङ थापा लगाएतले मन्तव्य राख्नु भएको थियाे । कार्यक्रमकाे सञ्चालन क्लबका सचिव बिष्णु पाैडेल सञ्चालनमा सम्पन्न भएको थियाे । समाजसेवी एवम व्यवसायी शर्माले खाधान्न ,चामल, दाल,तेल,साबुन,झाेला लगाएतका सामाग्री हस्तान्तरण गर्नु भएको हाे ।








































Comments