जन्मदिनकाे अवसरमा सरसफाइ कर्मीलाई सम्मान
पाल्पा-पछिल्लो समयमा आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा तानसेन नगरपालिकाका एक कर्मचारीले साेही कार्यालयमा कार्यरत सरसफाइका कर्मीलाई सम्मान गरि जन्मदिन मनाएका छन् ।
पाल्पाको रैनादेबी छहरा गाउँपालिका–२, घर भई हाल तानसेन नगरपालिकामा सरसफाइ शाखाका प्रमुख रहेका शंकर भण्डारीले साेही शाखाका कर्मचारीहरूलाई सम्मान गरि
जन्मदिन मनाएका हुन ।
जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा दैनिक रूपमा आफुसँगै काम गर्ने कर्मचारीहरूसँग अनुभवकाे आदान प्रदान गर्ने मनसायले सम्मान एवम भेटघाट कार्यक्रम गरेको बताए । भण्डारीले ४० औ जन्मदिनकाे अवसरमा नगरपालिकाकाे सरसफाइ शाखामा कार्यरत १८ जना सरसफाइ कर्मीलाई दाेसल्ला र टीका लगाइ सम्मान गरेका हुन । विगत लामाे समय सम्म पत्रकारीता क्षेत्रमा रमाएका भण्डारीले देशमा उच्च स्तरकाे संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था आए पनि तल्लो बर्गलाई उपेक्षा गरिएको बताए ।
सरकारले सिमान्तकृत वर्गका नागरिकहरूले ढुक्कसँग काम गर्न सक्ने हैसियत बनाउने गरि उत्थान गर्नुपर्ने बताए । आफु नगरपालिकाकाे सरसफाइ शाखा प्रमुख भएको नाताले जब सम्म ती शाखामा कार्यरत सरसफाइ कर्मीहरूकाे आर्थिक हैसियत,सामाजिक हैसियत सबल बनाउन सक्दिन तब सम्म केक नकाट्ने बताए । शाखा प्रमुख भण्डारीले सरसफाइ कर्मीलाई नगरपालिकाबाट पाउने सेवा सुविधा सहज उपलब्धता,ती सरसफाइ कर्मीहरूकाे परिवारकाे सवलीकरणकाे लागि निरन्तर कार्य गर्दै आएकाे बताए ।








































Comments