जनमार्ग मावि सिलुवाको वार्षिकोत्सब सम्पन्न
होम राई मगर
पाल्पा / ८ फागुन । जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला-१,सिलुवा,मस्लाङ्ग पाल्पाकाे ६२ औं वार्षिकाेत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरिमान आलेकाे अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागिरथि भट्टराई रहनु भएको थियो । कार्यक्रममा बोल्नु हुँदै उपाध्यक्ष भट्टराईले शैक्षिक बिकासमा विद्यालयले पुर्याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले सामाजिक तथा भौतिक बिकास हुनको लागि मानव संसाधनको बिकास हुनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य रितमान श्रेष्ठ, गाउँपालिकाका शिक्षा शाखा प्रमुख लाेकहरि देवकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञान बहादुर राना , अकला आधारभूत विद्यालय तामाखानीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर हिस्की,नेपाल रेडक्रस सोसाइटी पाल्पाका प्रमुख बिनोद भारती,शरदा आधारभूत विद्यालय पोखराडाँडाका प्रधानाध्यापक राजेन्द्र प्रसाद ढकाल लगायतकाले विद्यालयको प्रगति बारे बोल्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक श्याम बहादुर दिशाले शैक्षिक प्रगती बारे जानकारी दिदैं दुई कराेड दश लाख बहत्तर हजार रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शैक्षिक तथा विभिन्न अतिरिक्त क्रियाकलापमा राम्रो गर्ने बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक हरि भारतीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन शिक्षकद्वय सुरेशकुमार भण्डारी र बालकृष्ण पंगेनीले गर्नु भएको हाे ।








































Comments