जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडकाे चाैथाे वार्षिक साधारणसभा सम्पन्न

पाल्पा- जिल्लाकाे रैनादेबी छहरा गाउँपालिका वडा न ५ मा अवस्थित जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडकाे चाैथाे वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  

वि स २०७६ सालमा स्थापना भएको सहकारीले शेयर सदस्यहरू बचत तथा ऋण सम्बन्धि सेवासँग विभिन्न उत्पादनमुलक कार्यक्रममा जाेड्दै आएकाे छ । 

 

कार्यक्रमकाे उद्घाटन रैनादेबी गाउँपालिकाका आर्थिक बिकास समितीका संयोजक एवम वडा न ३ का वडा अध्यक्ष  प्रदिप पौड्यालले उद्घाटन गर्नु भएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पाैडेलले सस्थाले सहकारीकाे सिद्धान्त र भावनालाई अङ्गिकार गरि शेयर सदस्यहरूलाई सेवा प्रदान गर्न सुझाव दिनुभयाे । अब सहकारी सस्थाले शेयर सदस्यहरूलाई बचत र ऋणकाे सुविधा मात्र प्रदान नगरि शेयर सदस्यहरूलाई उत्पादनमुलक कार्यक्रम जाेडी स्वराेजगार बनाउन तर्फ आफ्ना गतिविधि चलाएमान बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । आफु गाउँपालिकाकाे आर्थिक विकास संयाेजक भएको नाताले सहकारीकाे वृद्धि र विकास सधै तयार रहेको बताउनुभयो ।

 

कार्यक्रममा विशिष्ट अतिथि पुर्व डि आई जि राम कार्कीले सहकारीले शेयर सदस्यहरूबिच  आपसमा सहकार्य भावनालाई आत्मसाथ गरि शेयर सदस्यहरूकाे वृद्धि र विकासमा ध्यान केन्द्रीत गरि आगामी दिनमा अझ सबल सक्षम रूपमा आफ्नाे पहिचान स्थापित गर्न सकाेस भनी शुभेच्छा व्यक्त गर्नुभयाे ।

 

कार्यक्रम वडान ५ का वडा अध्यक्ष हुमान सिं कार्की,वडाका जनप्रतिनिधिहरू,वृद्धिजिवि,समाजसेवी,शेयर सदस्यहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा सहकारीका अध्यक्ष दोलख बहादुर कार्कीले सहकारीमा हाल १ सय ३४ जना शेयर सदस्य रहेको बताउनुभयो । जस्मा ६४ जना महिला र ७० जना पुरूष रहेका छन । अध्यक्ष कार्कीले कुल ४४ लाख बराबरको आर्थिक आय व्याय प्रतिवेदन प्रस्तुति गर्नुभएको थियाे । कार्यक्रम सहकारीका उपाध्यक्ष नारायण कार्कीकाे स्वागत र सहकारीका व्यवस्थापन भावना कुवरकाे सञ्चालनमा सम्पन्न भएको थियाे । 

 

Comments