जेनजी आन्दोलनका क्रममा फरार अभियुक्त पाल्पाबाट पक्राउ
पाल्पा - जिल्ला प्रहरी कार्यालय पाल्पाले जेनजी आन्दोलनका क्रममा फरार अभियुक्तलाई पक्राउ गर्ने कामलाई जारी राखेकाे छ । गत भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नवलपरासी कारागारबाट फरार रहेका पोखरा महानगरपालिका–२१ बस्ने वर्ष २८ का श्याम मगर भन्ने समीर गुरुङ्लाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।
उनलाई तानसेन–१० स्थित साडीखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । उनी पाल्पास्थित ससुराली गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको चौधरीले बताउनुभयो । गुरुङ् लागुऔषध मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेको अवस्थामा जेनजी आन्दोलनको मौका छोपेर फरार भएका थिए । यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पाले बगनाकाली र माथागढीबाट पनि फरार अभियुक्तलाई पक्राउ गरेकाे थियाे ।








































Comments