जिल्ला स्तरीय सल्लाहकार समिति गठन
पाल्पा-ग्रामीण आर्थिक विकास संघ रेडाकाे आयाेजनामा जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिकाे गठन तथा अभिमुखीकरण कार्यक्रम तानसेन नगरपालिका वडा न ४ स्थित हाेटल पाैवामा सम्पन्न भएकाे छ । कार्यक्रम ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हाे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालकाे प्रमुख आतिथत्यता र तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेष लाल श्रेष्ठ साथै रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्वखोला गाउँपालिकाका प्रतिनिधि निर बहादुर सारु र रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण बहादुर रायमाझी, पाल्पामा रहेका सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो । कृषि तथा पशुको मुख्य श्रृङ्खलामा नविनतम विकास परियोजना अन्तर्गत परियोजना कार्यान्वयनको सहयोग र कृषि क्षेत्रको समग्र विकासलाई कृषिमैत्री तथा उपभोक्ता मैत्री बनाउन साथै प्रभावकारी परियोजना व्यवस्थापनका निमित्त जिल्ला स्तरीय परियोजना योजना सल्लाहकार समिति गठन गरिएको हाे । जुन समितिको अध्यक्ष जि .स.स प्रमुख प्रमुख हुने गरी र अन्य सरकारी तथा गैरसरकारी संस्थाहरू समितिको सदस्य रहने प्रावधान रहेको छ ।
परियोजनाको अभिमुखीकरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जि.स.स प्रमुख टंकनाथ खनालले समाजमा आधुनिकरणसँगै तरकारी खेतीको क्षेत्रमा किसानहरुले आफ्नो र उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील नहुँदा रासायनिक मल तथा रासायनिक विषादीको औषधि प्रयोग गरी तरकारी उत्पादन गरिरहेको बताउनुभयो । साेही परिस्थितिमा परियोजनाले सञ्चालन गरेको कृषि व्यवसाय पाठशालाले कृषकहरूलाई जैविक तथा वातावरणीय तरकारी खेती गर्न अभिप्रेरित गरेको कुरा निकै सरानीय रहेको बताउनुभयो ।
कार्यक्रमका तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले हेफर र रेडासँगको साझेदारी कार्यक्रमले कृषि र पशुको उद्यमशीलता विकासमा अहम भूमिका निर्वाह गरेको र कृषि क्षेत्रमा वातावरण मैत्री प्रविधिको प्रयोगले उत्पादन र उत्पादत्त्व वृद्धि हुने बताउनुभयो । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला तथा युवाहरूको नेतृत्व विकास ,सिप क्षमता र धारणाको विकास गर्न साझेदारी परियोजना लाभदायक रहेको कुरा उल्लेख गर्नुभयाे । विकासका लागि स्रोत व्यवस्थापन र सामाजिक परिचालन पनि परिवर्तनको संवाह रहेको बताउनुभयो ।
कार्यक्रममा रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले साझेदारी परियोजना मार्फत प्रवर्द्धन गरेको अकबरे खुर्सानी खेती रिब्दिकोट गाउँपालिकाको मुख्य चिनारी मध्येको एक विशेष चिनारी रहेको बताउनुभयो । याे परियाेजनाले रिब्दिकोट गाउँपालिकालाई अकबरे खुर्सानीको पालिका भनेर चिनाउन सफल भएको बताउनुभयो । पालिकामा उत्पादन भएका कृषि उपजहरूको सरल र सुलभ बजारीकरण र दिगो बजार सम्बन्ध स्थापना गर्नका परियाेजनाले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । रिब्दिकोट गाउँपालिकालाई तरकारीमय पालिका बनाउने उद्देश्यका साथ मौसमी तथा बेमौसमी खेती र उत्पादत्त्व वृद्धि गर्न पालिकामा प्रवृत्ति मैत्री २०० वटा स्थायी टनेल र १०० वटा अस्थायी टनेल व्यवसायिक किसानहरूलाई उपलब्ध गराइएको कुरा उल्लेख गर्नुभयो।
निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले कृषकहरूले उत्पादन गरेको तरकारी तथा कृषि उपजहरूलाई बजारीकरण गर्न निजी क्षेत्र हमेशा तयार रहेको कुरा उल्लेख गर्दै मिलनसार थोक बजारमा संकलित तथा प्रशोधित तरकालीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि पाल्पा उद्योग वाणिज्य संघले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कसर नराखी सहयोग गर्ने बताउनुभयो ।
तानसेन नगरपालिका वडा नम्बर ३ होलाङ्गदीमा मिलनसार सामाजिक महिला सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको तरकाली प्रशोधित केन्द्रको प्रभावकारी व्यवस्थापनका लागि स्रोतको खोजी,स्रोतको परिचालन निजी तथा आवश्यक दस्तावेज तयार,अनुमोदन गर्ने र परियोजनाको अनुगमन तथा पृष्ठपोषण गर्नका लागि जिल्ला स्तरीय परियोजना सल्लाहकार समिति गठन भएको कुरा ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बैठकको सन्दर्भमा बताउनुभयो ।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्न कमला भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो साथै परियोजनाको कार्यपत्र रेडाका बजार विकास अधिकृत निर्प परियारले गर्नुभएको थियो । हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत मदन पौडेलले जि.स.सका प्रमुख तथा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिका अध्यक्ष टंकनाथ खनालले उक्त समितिको बैठक वर्षमा तीनपटक बस्नुपर्ने व्यवस्था सराहनीय रहेको बताउनुभयो । परियोजनाको योजना तर्जुमा र कार्यान्वयनमा थप ऊर्जा र सुधारको हुने विश्वास व्यक्त गर्दै सबै सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।








































Comments