जाडाे छल्न न्यानाे कपडा वितरण

पाल्पा-पहिलाे पाइला नेपाल तानसेन शाखाले पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिका वडा न ८ सत्यवतीकाे शान्ती प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानाे कपडा वितरण गरेको छ । सस्थाले शनिबार विद्यालयमा एक औपचारिक कार्यक्रमकाे आयाेजना गरि न्यानाे माया अभियान अन्तर्गत जाडाे छल्न न्यानाे कपडा वितरण गरेको हाे । सस्थाले विद्यालयका करिब १७ जना विद्यार्थीहरूलाई स्विटर,टाेपी वितरण गरेको हाे । विशेष गरि पाल्पा जिल्लाकाे सामाजिक कार्यमा सकृय रहदै आएकाे सस्था पहिलाे पाइला नेपाल तानसेन शाखाले भाैगाेलिक र आर्थिक हिसाबले पछाडि परेका समुदायहरूलाई केन्द्रीकृत गरि कार्यक्रम गर्दै आएकाे छ । 

 

कार्यक्रम पहिलाे पाइला नेपाल तानसेन शाखाका अध्यक्ष दिनेश बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि रैनादेबी छहरा गाउँपालिका वडा न ८ का वडा अध्यक्ष रेम बहादुर रानाले सस्थाले भाैगाेलिक हिसाबले पछाडि परेकाे क्षेत्रमा आइ विद्यार्थीहरूलाई न्यानाे कपडा वितरण गरेको सस्थालाई धन्यवाद ज्ञापन गर्नुभयाे । साथै आगामी दिनमा सस्थासँग सहकार्य गरि अगाडि बढ्न तयार रहेको बताउनुभयो । 

 

कार्यक्रममा वडा सदस्य बुद्व बहादुर राना, सत्यवती माध्यमिक विद्यालयका प्राधानाध्यपक अर्जुन मरासिनी,समाजसेवी झपिन्द्र रायमाझी लगाएतले मन्तव्य राख्नुभएको थियाे । 

 

कार्यक्रममा तानसेन शाखाका सह सचिव सम्झना कार्की, काेषाध्यक्ष गाेपाल हिताङ्ग, कार्यसमिति  सदस्य राजन थापा, दिल कुमारी घर्ती मगर, खड्क बहादुर थापा,सहयात्री कार्की, बविता रायमाझी र छहरा आँखा अस्पतालका प्रमुख मनाेज शर्माकाे उपस्थिति रहेको थियाे । कार्यक्रम शान्ती प्रा विका प्रअ दिल बहादुर गाहाकाे धन्यवाद,तानसेन शाखाका काेषाध्यक्ष गाेपाल हिताङ्गकाे स्वागत र सचिव गणेश खत्रीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

 

Comments