ईस्माली समाज रूपन्देहीकाे प्रथम अधिवेशन सम्पन्न

ईस्माली समाज रूपन्देहीकाे मित्र मिलन,आजीवन सदस्यता वितरण,जनप्रतिनिधि,राष्ट्रसेवक एवम उधमी सम्मान तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम शनिबार ईस्माली समाज रूपन्देहीकाे आयाेजनामा भएको हाे ।कार्यक्रम उद्घाटन गुल्मी क्षेत्र  न २ का  माननीय प्रतिनिधि सभाका सांसद गाेकर्ण विष्टले उद्घाटन गर्नु भएको हाे । 

 

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका विष्टले देशमा बहुदलिय व्यवस्था आएकाे ३५ बर्ष सम्म पनि विकास हुन नसकेको बताउनुभएको छ । उहाले भन्नुभयो , देशले ३५ बर्ष भयाे ,बहुदल आएकाे तर देशले जुन किसिमले विकासकाे गति लिनु पर्ने हाे,साेही अनुसार विकास हुन नसकेकाे बताउनुभयाे । यस्का लागि सबै राजनीति दलहरूले समिक्षा गर्नुपर्ने बताउनुभयाे । बुहुदलिय व्यवस्थामा राजनीति दलका एजेन्डा,कार्यक्रम,निति ,तरिका फेर बदल गर्नुपर्ने हाेकि? आम राजनीति दलहरूले छलफल र बहसकाे विषय बनाउनुपर्ने बताउनुभयो । देशमा राजनीति स्थायित्व छैन,भ्रष्टचार बढेको छ । देशका कर्मचारी ,जनप्रतिनिधिहरूकाे सम्पति जफल गर्नुपर्ने गरि कानुनी ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । यस्का लागि अख्तियार अनुसन्धान आयाेग  मात्रै प्रयाप्त नरहेकाले भष्टाचार नियन्त्रणका लागि नयाँ ढुुङ्गले जानुपर्ने र सम्पूर्ण सम्पत्तिहरू राष्ट्रियकरण गरिनु पर्ने बताउनुभयो । यस बिषयमा आफुले संसदमा निरन्तर आवाज उठाएको बताउनुभयो । देशमा जब सम्म राजनीतिलाई नयाँ ढङ्ले विकास गर्न  सकिदैन,देशले अपेक्षितकृत सुधार नहुने बताउदै देशकाे समग्र विकासका लागि बहुदलिय व्यवस्थामा आधार राजनीति दलहरू एकमत भइ लाग्नुपर्ने बताउनुभयो । फरक प्रसंगमा प्रतिनिधि सभा सांसद विष्टले नेपाली राजनीतिमा आफु राम्रो बनेर अर्काेलाई नराम्रो बनाउने प्रवृति हाबि भएको बताउनुभयो । यस्ता प्रवृति आम नागरिकले बुझ्नुपर्ने बताउनुभयो । स्वामी राम तिर्थकाे भनाईलाई प्रस्तुत गर्दै सांसद विष्टले काम आधारमा,भुमिकाकाे आधार,मेहनत,आचारका आधारमा मानव महान हुने बताउनुभयो । अरूलाई निन्द र भ्रषना गरेर महान बन्न नसकिने बताउनुभयो । यस्का लागि सबै राजनीति दलहरूले काम,कर्तव्य अधिकार,भुमिका,बलिदानकाे आधारमा स्थापित गर्न सके नेपाली समाज अगाडि बढ्न सकिने बताउनुभयो ।

 

 

कार्यक्रमका विशिष्ट अतिथि इस्मा गाउँपालिका अध्यक्ष भगत सिङ्ग खड्का समाजले इस्मालीहरू विभाजन नभइ एकताबद्व रहन गर्न सम्पर्क समितिले महाेत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । समितिले विभिन्न भागमा छरिरहेका इस्मालीहरूकाे सुख दुखमा साथ सहयोग गर्दै आएकाे बताउनुभयो । समाजले आगामी दिनमा पनि सम्पुर्ण इस्माली नागरिकहरूलाई एकता बद्व गरि हक हित र अधिकारीकाे सुनिश्चित गराउन महाेत्वपुर्ण भुमिका खेलाेस भनी सुभेच्छा प्रकट गर्नुभयाे ।

 

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद खड्क बहादुर बस्नेत ,जिल्ला समन्वय समिति गुल्मीका सदस्य सुनिता जिसी, गाउँपालिकाका सस्थापक अध्यक्ष लक्ष्मण विष्ट, नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाका सभापति कृष्ण प्रसाद रिजाल,नेकपा एमाले इस्मा गाउँ कमिटीका अध्यक्ष राजेन्द्र विक्रम कुवर,राष्ट्रिय स्वतन्त्र पाटीका इस्मा गाउँपालिकाका सभापति,इस्माली  काठमाडौ सम्पर्क समितिका संयाेजक गाेकर्ण खरेल,नारायण पन्त लगाएतले मन्तव्य राख्नु भएको थियाे ।  



कार्यक्रमका पुर्व कर्माचारी,वर्तमान कर्मचारी,उधाेग पति,समाजका सल्लाहकारहरू,उत्कृष्ट कृषक, दाेहाेली सम्पर्क समाज,दाेहाेली सम्पर्क समाज रजस्थल,स्मारक समाज अमरपुर सम्पर्क समाज रूपन्देहीका अध्यक्षहरू लगाएत विभिन्न तह र तप्पाकामा रहि काम गर्दै आउनु भएका करिब २१५ जना भन्दा बढीलाई सम्पर्क समितिले प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरिएको थियाे । कार्यक्रम समाजका वरिष्ठ उपाध्यक्ष कृष्ण जि सीकाे स्वागत,लाेक प्रसाद खरेलकाे कार्यक्रम सञ्चालन र अध्यक्ष बाबुराम गाैतम अध्यक्षता सम्पन्न भएको थियाे ।

Comments