हावाहुरी र असिना पानीले क्षति गरेकालाई मूल्याङ्कन गरी सक्दो राहात प्रदान गर्छाै ,अध्यक्ष; कार्की
पाल्पा-जिल्लाकाे रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले शनिबार हावाहुरी र असिना पानीले क्षति पुगेकाहरूलाई मूल्याङ्कन गरी सक्दो राहात प्रदान गर्ने बताएका छन । हावाहुरी र असिना पानीले कृषकका अकबरे खुर्सानी,सुन्तला काँक्रा लगाएतका तरकारीमा नाेक्सानी गरेको बताए । गाउँपालिकाकाे वडा न ४ काे सिलाङ्गथाेकका वडा सदस्य राजेन्द्र नेपाल सहित बिष्णु प्रसाद चाैधरीकाे घरमा ठुलाे क्षति पुगेको बताए । सिलाङ्गथाेक सडक नजिकै रहेको पाकुरीकाे रूख ढलि घरमा ठुलाे क्षति भएको र मानवीय क्षति भने नभएको बताए ।
त्यस्तै पालिकाका विभिन्न स्थानहरूमा भाैतिक क्षति,सुन्तला,खेतबारीमा रहेका काँक्रा, लौका, खुर्सानी र टमाटर, जस्ता तरकारीमा बढी क्षति भएको बताए । गाउँपालिकाले क्षति पुगेकाहरूलाई मूल्याङ्कन गरि राहत प्रदान अध्यक्ष कार्कीले बताए । गाउँपालिकाले बिशेष गरि अकबरे खुर्सानीलाई अभियानकाे रूपमा अगाडि बढाइरहेको बताए । पछिल्लो समयमा गाउँपालिका नेपाल भरि अकबरे खुर्सानीले परिचित भइरहेको बताए । याे बर्ष हावा र असिना पानीले करिब १२ कराेड बराबरको खुर्सानी उत्पादन हुने बिरुवा नस्ट भएको बताए । गाउँपालिकाले अघिल्लो बर्ष करिब ७ कराेडकाे सुन्तला उत्पादन गरेको थियाे । याे बर्ष करिब आधा सुन्तलालाई क्षति पुर्याएकाे बताए । हावा र असिना पानीकाे कारण काक्रा,बाेडि,सिमि,टनेलमा समेत क्षति पुगेको बताए । गाउँपालिकाले पालिकाका ८ वटै वडामा भएका क्षतिकाे संकलन गरिरहेकाे बताउदै कृषकहरूलाई मुल्यांकनका आधारमा पालिकाबाट सक्दाे राहत प्रदान गर्ने बताए । साथै कृषकहरूलाई नआतिन र धैर्य गरि बस्न आग्रह गरेका छन ।
रिब्दीकाेट गाउँपालिका वडा न ४ का नवीन वलिले शनिबार हावाहुरीसँगै परेको असिना पानीले क्षत विक्षत टनेल ओल्टाई पल्टाई हेर्दै थिए । ठूलो हावाहुरी र असिना पानीले टमाटर र अकबरे खुर्सानी लगाउनका लागि तयार गरेको टनेल क्षति गरेको बताए । वलिकाे कृषि फर्ममा करिब ५ लाख बराबरको क्षति भएको बताए । युवाहरू पछिल्लो समयमा बैदेशिक राेजगारीमा गइरहेको र देशमै केही गर्न सकिन्छ भनी उदाहरणीय कार्य गर्छु भनी व्यवसायीक कृषि पेशामा लागेका उनी असिना पानीले क्षत विक्षत गरे पछि चिन्तित भएको बताए । वलिसँगै ५ जना कृषकहरू मिलि कृषि रिसाेर्टकाे अवधारणा अनुसार व्यवसायीक तरकारी खेती शुरू गरेको बताए । हावा र असिना पानीले फर्मका करिब १५ वटा टनेलहरूमा क्षति पुगेको छ । भने टमाटर र खुर्सानीका विरूवामा समेत ठुलाे क्षति पुगेको बताए । अघिल्लो बर्ष आलु खेती,टमाटर र अकबरे खुर्सानीबाट राम्रो आम्दानी गर्न सफल भएका वलिले याे बर्ष अझ व्यवसायीक रूपमा तरकारी खेती,अकबरे खुर्सानी र टमाटर खेतीलाई थप विस्तार गरिरहेका थिए । हावा र असिना पानीले क्षति पुर्याए पछि चिन्तित छन ।
त्यस्तै रिब्दीकाेट गाउँपालिका वडा न ४ का राजेन्द्र नेपालकाे पनि शनिबारकाे हावा र असिना पानीले घरमा क्षति पुगेकाे छ । सिलाङ्गथाेक घर भएका नेपाल रिब्दीकाेट गाउँपालिका वडा न ४ का वडा सदस्य समेत हुन । नेपालकाे घर नजिकै रहेको पाकुरीकाे रूख ढलि उनकाे घरमा क्षति पुर्याएकाे बताए । घरमा श्रीमती मात्र थिइन म कामले बाहिर गएकाे थिए । एक्कासि हावा र असिना पानी आयाे र घर नजिकैकाे पाकुरीकाे रूख ढलेर क्षति पुगेछ । धन्न मानवीय क्षति भएन तर घरमा भने ठुलाे क्षति पुगेको बताए । घरमा बस्न नमिल्ने अवस्था छ । करिब १३ लाख बराबरको क्षति पुगेको वडा सदस्य नेपालले बताए ।
रिब्दीकाेट गाउँपालिका वडा न ४ निवासी जीता देबी चाैधरीले
‘दैव पर्यो बाबु, हाम्रो त ठूलो क्षति भइगयो । बस्ने घरमा पाकुरीकाे रूखले क्षति पुर्याउदा नाेक्सानी व्यवहाेर्नु पर्याे उनले भनिन । वडा न ४ काे सिलाङ्गथाेकमा हाेटल सञ्चालन गर्दै आएकी चाैधरीले आलु छिल्दै थिइन । एक्कासी हावा र असिना पानी आयाे । आतिएर असिना पानी भित्र आउछ कि भनेर सटर लगाउन थाले,हाेटलमा ४ जना ग्राहक पनि थिए । एक्कासी हाेटल छेउमै रहेको पाकुरीकाे रूख ढल्याे र सबै भागाभाग भइयाे । छाेरा पनि घरमै थियाे । धन्न मानवीय क्षति भएन तर भाैतिक क्षति ठुलाे भएको छ । भएकाे एउटा घर पनि रूखले क्षति पुर्याएर बस्नै नमिल्ने भएको छ । हामी त घरबार बिहिन भइयाे, अन्य सामाग्रीहरू पनि क्षत विक्षत भएको उनले बताइन । उनले करिब १५ लाख बराबरको क्षति भएको बताइन । सक्दाे सहयोग गरिदिन उनले स्थानीय सरकार र सामाजिक अभियान्ताहरूलाई आग्रह गरेकी छन ।
त्यस्तै रिब्दीकाेट गाउँपालिका वडा न २ का पदम कुवर बैदेशिक राेजगारीकाे क्रममा मलेशिया १५ बर्ष राेजगारी गरि गाउँघरमा फर्किएर व्यवसायीक तरकारी खेती शुरू गर्न लागेका थिए । हावा र असिना पानीले सबैभन्दा बढी क्षति काँक्रा र अकबरे खुर्सानीमा भए पछि उनी चिन्तित छन । खेतीका लागि टनेर निर्माण गरि ‘अब केहि दिनमै खुर्सानी र काक्राकाे बिरुवा राेप्ने याेजना बनाएको थिए । तर हावाहुरीसँगै परेको असिना पानीले सबै सखाप पारिदियो,’कुवरले भने क्षतिको विवरण एकिन भने भइ नसकेको बताए ।
रिब्दीकाेट वडा न ७ का ८२ बर्षिय भद्र बहादुर कुवर क्षेत्री एक कृषक हुन । उनले करिब ४ राेपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन । अघिल्लो बर्ष झण्डै ७ लाख ५० हजारकाे सुन्तला विक्री गरेको बताए । याे बर्ष हावा र असिना पानीले सुन्तलाका फुलमा क्षति गरेकाले चिन्तित छन । त्यस्तै वडा न ७ कै युवा कृषक कृष्ण बहादुर कुवरले गत बर्ष करिब ६ लाख ५० हजारकाे सुन्तला विक्री गरेको बताए । याे बर्ष सुन्तलामा असिना पानीले क्षति पुर्याएकाले चिन्तित छन । उनले क्षतिलाई न्युनिकरण गर्नका लागि स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकार, ज्ञान केन्द्र,जाेन कार्यालले राहत दिनुपर्ने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत मणि प्रसाद खनालले शनिबारकाे असिना पानीबाट पालिकाका ८ वटै वडाहरूमा ठुलाे क्षति भएको बताए । गाउँपालिकाकाे वडा न ४ र वडा न ६ का केही घरहरूमा समेत क्षति पुगेको र अन्य वडाहरूमा कृषकहरूकाे सुन्तला र तरकारी खतीमा क्षति पुगेको बताए । गाउँपालिकाले कृषिलाई मुख्य प्राथमिकतामा राखेको थियाे । र यसबर्ष २ हजार राेपनी क्षेत्रफलमा अकबरे खुर्सानी राेप्ने उधेश्य रहेको बताए । गाउँपालिकाले करिब १६ केजी खुर्सानीकाे बिरुवा तयार गरेकोमा असिना र पानीले क्षति पुर्याएकाे बताए । गाउँपालिकाले कृषकहरूकाे क्षतिलाई मुल्यांकन गरि गाउँपालिकाकाे विपत व्यवस्थापन समितिकाे निर्णय अनुसार राहत प्रदान गर्ने बताए ।
गाउँपालिकाका कृषि शाखा प्रमुख रन्जिव कुवरले पालिकाका अधिकास किसानले लगाएको तरकारी खेतीमा शनिबारकाे हावाहुरीले क्षति पुगेको बताए । गाउँपालिकाले कुन वडामा कति क्षति भयाे त भन्ने विवरण संकलनकाे कार्य गरिरहेकाे बताए । बिशेष गरि गाउँपालिकाकाे वडा न २,३,४,६ र ७ मा बढि क्षति भएको बताए । नर्सरीमा रहेका अकबरे खुर्सानीका बिरुवा भर्खर सार्ने अवस्था र उम्रदै गरेका करिब ८ लाख बिरूवामा क्षति पुगेको बताए । गाउँपालिकाले १६ लाख बिरुवा २ हजार राेपनीमा खेती गर्ने उधेश्यले वितरण गरेको बताए । गाउँपालिकाले असिना पानीकाे कारण उत्पादनका हिसाबले पनि क्षति बेहाेरेकाे बताए । कृषकले राखेको ८ लाख बिरुवा नाेक्सानी हुदा करिब ८ सय राेपनी क्षेत्रफल जग्गा बाझाे रहने अवस्था रहेको बताए । त्यस्तै लहरेबालीहरू काक्रा,सिमि,करेला,टमाटरका बिरूवाहरूमा समेत क्षति पुगेको कृषि शाखा प्रमुख कुवरले बताए । हावाहुरी र असिना पानीले रिब्दीकाेट,रैनादेबी छहरा,तानसेन नगरपालिका,तिनाउ गाउँपालिका लगायत जिल्लाभर नै ठूलो क्षति पुर्याएको किसानले गुनासो गरेका छन्।








































Comments