हेक्लाङ्गका आगलागी पिडितहरूलाई लायन्स क्लब अफ श्रीनगर र लायन्स क्लब अफ पाल्पा रानीमहलको सहयोग

पाल्पा-जिल्लाको पुर्वखोला गाउँपालिका वडा न ६ हेक्लाङ्गका आगलागी पिडितहरूलाई लायन्स क्लब अफ श्रीनगर र लायन्स क्लब अफ रानीमहलले सहयोग गरेको छ । शुक्रबार आगलागि स्थलमा पुगी क्लबले सहयोग गरेको हो । क्लबले सिरक ६ थान,डसना ६ थान,सिरानी ६ थान एवं खध्यन्न, हस्तान्तरण गरेको क्लबका पुर्व अदक्ष एवं डिस्ट्रिक्ट ३२५ पि २ का ए ओ जि एमजेएफ लायन झमन राज मगरले बताउनुभयो । 

 

पूर्वखोला वडा न ६ हेक्लाङ्का विभिन्न गाउँका १६ घर जलेर नष्ट भएको थियो । आगोलागीबाट लाखौको क्षति भएको छ भने आगलागी पिडित घरबार बिहिन भएका छन । क्लबले सामाजिक उत्तरदायित्व स्वरूप तत्कालका लागि अत्यावश्यक सामाग्री प्रदान गरेको बताए । 

 

कार्यक्रममा सिनियर डिस्ट्रिक एडभाइजर, पुर्व अध्यक्ष एवम लुम्बिनी प्रदेश सांसद खेम बहादुर शारूले क्लबले आगलागी पिडितलाई सहयोग गरि प्रशंसानिय कार्य गरेको बताए । यो बर्ष पाल्पा जिल्लाका धेरै स्थानमा आगलागी भएकोले विपतको यो विषम परिस्थितिमा सबै पक्षको सहयोग र सद्भाव आवश्यक रहेको बताए । सबैको सानो सहयोगले विपदमा परेका नागरिकहरूलाई राहत हुने बताए ।

 

कार्यक्रममा पुर्व अध्यक्ष एमजेएफ लायन तारा बहादुर कुवर,एरिया सचिव एवम पुर्व अध्यक्ष लायन अशेष भट्टराई,पुर्वखोला ६ वडा अध्यक्ष धन बहादुर घर्ती,पुर्व वडा अध्यक्ष मन बहादुर शारू लगाएतको उपस्थितिमा राहत प्रदान गरिएको हो । 

 

पुराण क्षति भएका हेक्लाङ्गका सुनिता शारू,टेमान सिङ शारू,पहल सिंह शारू,भिम बहादुर राना,भरत दर्लामी,सन्तविर दर्लामीको परिवारलाई राहत प्रदान गरिएको हो ।

Comments