ग्याँस डिलर्स संघ पाल्पाद्वारा अनुगमन प्रतिवेदन सहित ज्ञापनपत्र हस्तान्तरण
पाल्पा- ग्याँस डिलर्स संघ पाल्पाले अनुगमन प्रतिवेदनको ज्ञापनपत्र हस्तान्तरण गरेको छ । संघले जिल्ला प्रशासन कार्यालय,पाल्पाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र हस्तान्तरण गरेको हो । पाल्पा ग्यास दिलर्स संघले असार र साउन महिनामा जिल्ला प्रसासन कार्यालय पाल्पामा प्रमुख जिल्ला अधिकारीको अनुमतिमा जिल्लाभर ग्यास बिक्रेतासँग भेटघाट तथा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अव्यवस्थित,घरेलु ,करको बिक्री अनुमती बिना तरिकाले ग्यासको ब्यबसाय गरेको पाइएको पाल्पा ग्यास दिलर्स संघका अध्यक्ष पर्शुराम पौड्याल बताए । पाल्पामा करिब २ सय ग्यास व्यावसायी रहेकोमा करिब १५० भन्दा बढिले व्यवसायीले अनधिकृत रूपमा आफू खुसी मुल्यमा बिक्री गरेको ,उपभोक्ताले चर्को मुल्य तिर्न बाध्य भएको बताए । आधिकारिक डिलर भने पाल्पामा ५० वटाकाे सेरोफेरोमा रहेकाे र विक्री वितरण गरिरहेकाे बताए । संघका पदाधिकारी र प्रदेश उपाध्यक्षको टिमले जिल्लामा ग्यास बिक्रेताको अवस्था ,बिक्री मुल्य ,अग्नि सुरक्षा,फायर लगाएतका विषयमा केन्दित रहेर अनुगमन गरिएको र ज्ञापनपत्र सहित अनुगमन प्रतिबेदन बुझाइएको बताए ।
प्रतिवेदन ज्ञापनपत्रमा उल्लेख छ ,पाल्पा जिल्लाभरि ग्यासको आधिकारिक बिक्रेता रही एल।पी। खाना पकाउने ग्यासको कारोवार गर्ने व्यवसायीहरूलाई व्यवस्थित, मर्यादितका साथै नेपाल सरकारको मातहतमा रहेको आयल निगमको स्वचालित मूल्यलाई समेत पालना गर्ने गरी वि स २०६९ सालमा पाल्पा ग्यास डिलर्स संघको स्थापना भएको हो । हाल संस्थामा ४० जना आधिकारिक डिलरहरू आवद्ध रहेको छन ।
उद्योगका ४० आधिकारिक विक्रेता भए पनि पाल्पा जिल्लामा ग्यासको विक्री गर्ने पसलहरू अत्यधिक छन् । ग्यास जस्तो अति प्रज्वलनशिल पदार्थको कारोवार गर्नु सामान्य व्यापार मात्र नभएर सेवा समेत हो तर यसको कारोवार गर्दा अवलम्बन गर्नुपर्ने विषयहरू पालना नहुँदा ठूलो दुर्घटना हुन जाने सम्भावना समेत हुन्छ । भण्डारणको अवस्था, अग्नी नियन्त्रणको व्यवस्था, घरेलु कार्यालय, कर कार्यालयमा दर्ता र ग्यासको विक्री अनुमति, उद्योगको आधिकारिक विक्रेता हो वा होइन र आयल निगमले तोकेको मूल्यमा विक्री भएको छ वा छैन भन्ने विषयमा केन्द्रित रहेर पाल्पा जिल्लाका ग्यास विक्रेताहरूसँग भेटघाट र उपभोक्ताको भनाइलाई केन्द्रित गरेर केही वास्तविकता तथ्यहरू संकलन गरिएको छ ।
ग्याँस कारोबार डिलर, घरेलु कार्यालय, कर कार्यालयमा अनुमति पत्र लिएका फर्मले मात्र गर्न पाउने व्यवस्था रहेको छ । विक्री भण्डारण स्थलमा फायर फाइटरको व्यवस्था गरी विक्री स्थान सुरक्षित राख्नुपर्ने, सिलिण्डरको एक्सपायर डेट, ग्यास लिक हुँदा के गर्ने, ग्यास लिक भई आगलागी भएमा कसरी काम गर्ने जस्ता कार्यको जानकारी रहेको विक्रेता हुनुपर्ने छ। अनधिकृत विक्रेताहरूका कारण आधिकारिक विक्रेताहरूको समेत बेलाबखत मूल्य लगायतका कारणले बदनाम हुने अवस्थालाई निर्मूल पार्न आधिकारिक डिलरमार्फत् ग्यासको खरिदविक्री व्यवस्थालाई व्यवस्थित बनाउन सके अनुचित मूल्य, अनावश्यक दुर्घटना जस्ता कार्यहरू न्यूनिकरण हुँदै जानेछन् । उद्योगले डिलर दिँदा संघसँग समन्वय गरी दिएमा बजारको अवस्था, भौगोलिक अवस्था, उक्त ठाउँमा आवश्यक छ वा छैन भन्ने विषयको ज्ञान स्थानीय संस्थाहरूलाई हुने हुँदा उद्योगले संघको अनुमति र सहकार्यविना डिलर दिन नहुने विज्ञप्ति उल्लेख छ ।
व्यवस्थित बजार, उचित मूल्यलाई कार्यान्वयन गरी उपभोक्तालाई समेत हित हुने गरी कार्य गर्न पाल्पा ग्यास डिलर्स संघ जतिबेला पनि तत्पर नै छ । तर अव्यवस्थित र अनाधिकृत विक्रेताहरू नहट्दासम्म अस्तव्यस्त नै हुने हुँदा प्रमुख जिल्ला अधिकारीज्यूलाई बजार व्यवस्थित गराई आम उपभोक्ताको हितमा हुने गरी कार्यान्वयन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । विज्ञप्तिमा उल्लेख गरिएको छ ।








































Comments