गायक राजन थापाको पन्चेबाजा गीत पाल्पाको दिग बजारमा
पाल्पा - सुमधुर स्वरका धनी राजन थापाले रैनादेवी छहराको संस्कृति संरक्षणमा चासो दिदै आफ्नो दोस्रो एल्बम पाल्पाको दिग पन्चेबाजा बजारमा पठाएका छन । रैनादेवी छहरा गाउँपालिका भित्रका कालिका मन्दिर, बल्डेङगढी र छहरा आसपासका धार्मिक एवम पर्यटकीय क्षेत्र,पाल्पाली ढाकाको पहिचान झल्काउने गरि मौलिक पन्चेबाज पाल्पाको दिग राजन थापा युट्युव च्यानल मार्फत गित सार्वजनिक गरेका छन । गितमा राजन थापा र सिमा थापाले स्वर दिएका छन भने लय सिमा थापाको रहेको छ ।
गितको छायाकन र सम्पादन बिष्णु भटराईले गरेका छन । गित आफ्नो जन्म गाउँ दिग आसपासलाई समेटेर छायाकन गरिएको छ । गितमा स्थानीयहरुले समेत अभिनय गरेका छन । राजनले पहिलो गित गैरा बारी फलेको आलु नामक गित बजारमा पठाय संगै दोस्रो गिति एल्बम पाल्पाको दिग पन्चेबाजामा आधारीत भ्रखर मात्र बजारमा पठाएका छन ।राजनले संचारकर्म संगै सांगितिक यात्रालाई समेत निरन्तर दिने बताएका छन ।
हेरो गित https://www.youtube.com/watch?v=dNZBaD6_U0A








































Comments