गाउँपालिकाका कृषककाे जीवनस्तर वृद्धि गर्न जि टु जि कार्यक्रम सञ्चालन गर्दैछाै । ;-अध्यक्ष भट्टराई

पाल्पाकाे रैनादेबी छहरा गाउँपालिकाले नागरिकहरूकाे कृषि मार्फत जीवनस्तर वृद्धि गर्न जि टु जि कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराई बताएका छन । पालिका र यू.एस.एड. एग्रीकल्चरल डाईरेक्ट फाईनान्सिङ्ग (जि टु जि ) प्राेजेक्ट अन्तर्गत स्वीकृत तरकारी खेती प्रवर्द्धन कार्यक्रम पालिकामा सञ्चालन गरिने अध्यक्ष भट्टराईले बताए । 

 

जनताको सम्पत्तिको रेखदेख गर्न, जनसुविधा प्रदान गर्न, तिनको सुरक्षा एवं न्याय दिन सरकारी निकायहरू रखवाला मानिन्छ । ती निकायहरूले मुलुकभित्रका सार्वजनिक हितमा काम गर्छन् भने राज्य हितमा बाह्य मुलुकहरूसँगको सम्बन्ध सरकारको निर्णय अनुसार हुन्छ । दुई मुलुकबीचको सम्बन्ध आपसी हित र साझा सवालहरूमाथिको सहकार्यबाट विकसित हुन्छ । एउटालाई मर्का पर्दा अर्कोले सहयोग गर्ने र दुवैलाई समस्या पर्दा मिलेर समाधान गर्ने प्रवृत्ति नै सरकार–सरकार (जी–टु–जी)को सम्बन्धका टेको हुन् । अहिले नेपालमा ‘जी–टु–जी’ अर्थात् ‘सरकार–सरकार’ बीचमा गर्ने/हुने कार्यक्रम चर्चामा छ । यसै बिच रैनादेबी छहरा गाउँपालिकालाई तरकारी खेतीकाे पकेट क्षेत्रकाे रूपमा विकास गर्नका लागि पालिकामा याे कार्यक्रम सञ्चालन गर्न लागिएको छ । यु.एस.एड. एग्रीकल्चरल डाईरेक्ट फाईनान्सिङ्ग (जि टु जि ) प्राेजेक्ट अन्तर्गत स्वीकृत तरकारी खेती प्रवर्द्धन कार्यक्रम अन्तरक्रिया गाेष्ठि कार्यक्रम मुझुङ्गबाट सुरूवात भएकाे छ । आइतबार वडा नं ५ का वडा अध्यक्ष हुमान सिंह कार्कीकाे अध्यक्षता जि टु जि कार्यक्रम कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रम शुरू गरिएको हाे । 

 

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष  रूक्माङ्गत भट्टराई रहनु भएको थियाे । कार्यक्रममा अध्यक्ष भट्टराईले गाउँपालिकामा सञ्चालित याे कार्यक्रमले कृषिकाे माध्यमबाट  समग्र पालिका बासी आम कृषकहरूकाे जीवनस्तरमा परिवर्तन ल्याइने बताए । याे कार्यक्रम लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका स्थानीय तह मध्ये निकै कम पालिकालाई मात्र परेको बताए । साेही मध्ये याे कार्यक्रम रैनादेबी छहरा गाउँपालिकालाई पनि परेकाे छ । याे कार्यक्रमले विशेष गरि रैनादेबी छहरा गाउँपालिकाका ८ वटै वडामा उत्पादन हुने कृषि उपजकाे लागि अध्ययन अनुसन्धान गरि साेही प्रकृति अनुसारका कृषि बालिकाे पकेट क्षेत्र नै बनाउने गरि कार्यक्रम सञ्चालन गर्न लागेको बताए । याे परियाेजनाका लागि सर्वप्रथम पालिकाका ८ वटै वडामा अन्तरक्रिया,गाेष्ठि गरि आम नागरिक,कृषक,समाजसेवी,बुद्धिजीवी,बिज्ञहरूसँग सल्लाहा सुझाव लिइने बताए ।

 

गाउँपालिकाले पहिलो चरणमा कार्यक्रम कार्यान्वयनका लागि वडा न ५ मुझुङ्गबाट अन्तरक्रिया गाेष्ठिकाे शुभारम्भ गरेको बताए । रैनादेबी छहरा गाउँपालिकाका अधिकाश नागरिक कृषि पेशा र पशुपालनमा आवद्व रहेका छन । ती नागरिकहरूकाे जीवनस्तर वृद्धि गरि आत्मनिर्भर बनाउन कृषिमा नै विकास हुनुपर्ने जरूरी रहेकाले पालिकाले आम पालिकाबासी कृषकहरूकाे जीवन स्तर वृद्धि गरि आत्मनिर्भर बनाउन जि टु जि कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । पालिकामा उत्पादित हुने काेदाे,फापर,सुन्तला,मकै,टमाटर जस्ता बालि,फलफूल तथा तरकारीहरूकाे संरक्षण गर्दै प्रवर्द्वन गरि पकेट क्षेत्रकाे रूपमा विकास गरिने लक्ष्य परियाेजना रहेको बताए । स्थानीय स्तरमा उत्पादित हुने बालिनालिकाे संरक्षण,प्रचार प्रसार,बजारीकरण गरि कृषिकहरूकाे जीवनस्तरमा वृद्धि गरिने याेजना रहेको गाउँपालिका अध्यक्ष भट्टराईले बताए । 

 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  कृष्ण प्रसाद तिमिल्सिनाले याे कार्यक्रम लागू भए पछि पालिकाका कृषकहरूलाई धेरै राहत पुग्ने बताए । कार्यक्रमले पालिकाका कृषकहरूकाे जीवनस्तरमा वृद्धि हुनुकाे साथै मासिक रूपमा केही केही रूपमा आम्दानी गर्ने वातावरण सिर्जना हुने बताए । याे कार्यक्रमले पालिकाका वडामा उत्पादित हुने कृषि उपजकाे प्रवर्द्वन एवम प्रचार प्रसार गर्ने हुदा उक्त उत्पादित बस्तुकाे विविधिकरण गरि पर्यटककाे आगमनमा समेत वृद्धि गर्न सकिने र आम्दानीकाे स्त्राेतमा वृद्धि गर्न सकिने बताए । याे कार्यक्रमले पालिकामा उत्पादित हुने बस्तुकाे संरक्षण र कृषकहरूलाई प्राेत्साहित गर्ने बताए । कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष राम बहादुर कार्की साथै अन्य अतिथि,कर्मचारीहरू र कृषक समूह, कृषि सहकारी, कृषि फर्म तथा कृषककाे प्रतिनिधित्व गरी आउनु भएका कृषकज्यूहरूकाे सहभागीता रहेको थियाे ।

Comments