गाउँ गाउँमा जोगाउँदै मगर कला संस्कृती

पाल्पा-जिल्लामा हराउँदै गएको मौलिक कला संस्कृति संरक्षणमा पाल्पाका मगर समुदायहरु जुटेका छन । पाल्पामा जनसंख्याको  ५३ प्रतिशत मगरको बसोवास रहेको छ  । मगरहरुको परम्परागत भाषा र कला संस्कृति नयाँ पुस्तामा हस्तान्तरणको लागी पाका पुस्ता लागी परेका छन । मगर बाहुल्यता भएका गाउँबस्तीमा रम्भा गाउँपालिकाले मगर कला संस्कृतिको जगेर्ना गर्न लागी परेको छ ।  मगर समुदायमा एउटै व्यक्तिबाट गाउने, बजाउने र नाँच्ने अभ्यास परम्परादेखि नै चल्दै आएकाे छ । गाउँघरका दुःख, सुख, भक्ती भजन, माया पिरतीलाई आधार बनाएर गरिने कला संस्कृती जोगाउन मगरी समुदाय अगाडी सरेका छन ।  मगरी कला संस्कृती जोगाउन , विद्यालयका वार्षिकोत्सव, वडा गाउँ टोलमा हुने विविध कार्यक्रम, विवाह ब्रतवन्ध, भोजभतेरमा परम्परागत पञ्चेवाजा मारुनी, ठूलो नाच, सोरठी नाच गरेर स्थानीय कला संस्कृति जर्गेना अभियान चालिएको हो ।

 

गाउँपालिकाले मगर सस्कृतिक पहिचान जोगाउन मगर सस्कृतिको सङ्ग्रहालय नै निर्माण गरेको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताउनुभयो । गाउँपालिकाको प्रत्येक वडामा मगरी कला संस्कृतिको प्रभावलाई व्यवस्थित गर्ने, जोगाउने, काममा पालिकाले नीति र कार्यक्रम बनाएर वडा वडामा बजेट विनियोजन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

 

 स्थानीय नर बहादुर बरालले  पाल्पा मगरी कला संस्कृतिमा धनी रहेता पनि पछिल्लो समय युवाहरू गाउँ छोड्ने रोजगारीका लागि सहर बजार, विदेशिने कारण पाका पुस्ताबाट युवा पुस्तामा मौलिक कला संस्कृति पूर्णरूपमा हस्तान्तरण हुन सकेको छैन । पालिका, तथा स्थानीय मगर संघले कला सस्कृतिको जर्गेना गर्न भने नयाँ प्रयास गरेको बताउनुभयो ।

 

पश्चिमी कला संस्कृती तथा मोवाइल गित संगितको कारण  परम्परागत मारुनी, ठूलो नाच, भैली सोरठी जस्ता पुराना नाँचहरू ओझेलमा पर्न थाले पछि स्थानीय युवाहरुले यस्काे संरक्षणमा गर्न गाउँ गाउँमा सक्रियता बढेको छ ।  पालिका, वडा कार्यालय देखी  मगर संघ संस्थाहरु आफ्नो भेष भुषा, भाषा, कला संस्कृती जर्गेना गर्ने अभियानमा पछिल्लो समय क्रियासिलता बढेको पाल्पा मगर संघीका अध्यक्ष  शान्ती झेडी थापाले बताउनुभयो ।

   

मगरी समुदायमा झाम्रे  मारूनी नाच, परापुर्वक काल  देखी  नाच्दै  आएको भएपनी  पछिल्लो समयमा हराउदै गएकोले सस्कृतिको जर्गेना गर्न युवाहरू लागि परेका छन । । बाउबाजेको पाला पनि सर्वश्रेष्ठ ठहरिएका परम्परागत मारुनी, ठूलो नाच, भैली नाच, सोरठी जस्ता नाँचहरू आज पनि युवापुस्तादेखि विदेशीको मन मस्तिष्कमा छाप छोड्न सफल भएको स्थानीइ देवेन्द्र कुमार सारुले बताउनु भयो । 

 

मगरी स्थानीय कलाकारहरु  ठूलो नाच, भैली नाच, सोरठी सालैजो जस्ता गीत गाउँदै मादल ठोक्दै गुन्यु र चोलो र टोपीको पहिरन फूल माला लगाएर नाचिने नाच देख्दा कोहीलाई नाचुनाचु जस्तो उत्साहित बनाउछ ।  पाल्पा मगरी कला संस्कृतिमा धनी रहेता पनि पछिल्लो समय युवाहरू गाउँ छोड्ने रोजगारीका लागि सहर बजार तथा  विदेशिने कारण पाका पुस्ताबाट युवा पुस्तामा मौलिक कला संस्कृति पूर्णरूपमा हस्तान्तरण हुन सकेको छैन । मगरी कला संस्कृति जर्गेना गर्न पछिल्लो समय  वडा तथा पालिकाबाटै बजेट विनियोजन गरी परम्परागत कला संस्कृति जर्गेनाको प्रयासले स्थानीयवासीहरू उत्साहित भएका छन ।

Comments