गुल्मी सत्यवति समाज जापान गठन, धिरज भण्डारी अध्यक्ष चयन
टोकियो, साउन २१ गते जापानको राजधानी टोकियोमा “गुल्मी सत्यवति समाज जापान” को औपचारिक गठन गरिएको छ। गुल्मी जिल्लाको सत्यवति गाउँपालिकाबाट जापान आएका नेपालीहरूलाई एकता, सहकार्य र सामाजिक सेवामा संगठित गर्न यो समाज स्थापना गरिएको हो ।
नवगठित समाजको अध्यक्षमा धिरज भण्डारी, उपाध्यक्षमा गोमा ढकाल र महासचिवमा प्रकाश ढकाल सर्वसम्मत चयन हुनु भएको छ । समाज गठन कार्यक्रममा सत्यवति गाउँपालिका अन्तर्गतका विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले समाजको आवश्यकता, उद्देश्य र भावी योजनाबारे गहिरो छलफल गरेका थिए। कार्यक्रममा उपस्थित केहि बिदेशि पाहुनाहरुले समेत समाज गठनको शुभकामना दिएका थिए ।
समाजका पदाधिकारीहरूका अनुसार, विगतका वर्षहरूमा जापानमा लामो समयदेखि बसोबास गर्दा पनि जन्मथलोमा आउने विभिन्न प्राकृतिक विपत्ति र सामाजिक समस्यामा प्रत्यक्ष सहयोग गर्न नसकेको महसुस भएकाले यो समाजको स्थापना गरिएको हो। अबदेखि समाजमार्फत जन्मथलोमा सेवा, सहयोग र सहकार्य गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ। समाजको गठन प्रकृयामा जापानमा लामो समय बसोबास गर्दै आउनु भएका अग्रज ब्यक्तित्तोहरु बाट समेत सुझाव संकलन गरिएको थियो ।
त्यस्तै, समाजले सत्यवति गाउँपालिका र जापानस्थित सत्यवति बासीहरूबीच समन्वयको रूपमा कार्य गर्ने, साथै जापानमा रहेका सत्यवति बासीहरूलाई आपसी सद्भाव, सहयोग, सांस्कृतिक संरक्षण र सामाजिक पहिचानको प्रवर्द्धनमा योगदान दिने लक्ष्य राखेको छ । समाजका अध्यक्ष धिरज भण्डारीले निकट भविष्यमा समाजको संरचना विस्तार, र गाउँपालिकासँग प्रत्यक्ष साझेदारीमा विभिन्न विकास तथा सहयोग कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।








































Comments