गुहारठाना मा.वि रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ काे ४७ औं वार्षिकाेत्सव तथा अभिभावक दिवस सम्पन्न

पाल्पा-पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ मा रहेको गुहारठाना माध्यमिक विद्यालयको ४७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

 

वार्षिकोत्सब कार्यक्रमकाे उद्घाटन रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले गर्नु भएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष भट्टराईले राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत यहि बर्षबाट विद्यालयकाे चार काेठे भवन निर्माण कार्यकाे शुभारम्भ गरिने बताउनुभयो । हाल विद्यालयकाे एउटा भवन जीर्ण अवस्थामा रहेकाेले विद्यालय व्यवस्थापन समितिकाे जानकारी अनुसार भवनकाे पुन निर्माण कार्य गरिने अध्यक्ष भट्टराईले बताउनुभयो । साथै गाउँपालिकाले विद्यालयकाे भाैतिक,शैक्षिक विकास लागि गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो । 

 

कार्यक्रमका विशिष्ट अतिथि रैनादेबी छहरा वडा न ५ का वडा अध्यक्ष हुमान सिङ कार्कीले विद्यालयकाे समग्र विकासका लागि विद्यार्थी,शिक्षक र अभिभावककाे त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताउनुभयो । यसलाई कायम गरि समग्र विद्यालयकाे विकासमा लाग्न आर्गह गर्नु भयाे ।

 

कार्यक्रममा रैनादेबी छहरा वडा न ६ का वडा सदस्य ओक बहादुर रास्काेटी,पुर्व शिक्षिका सुनिता दर्लामी,मान बहादुर खण्डका लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा विद्यालयका प्राधानाध्यापक दान बहादुर शारूले रूपैयाँ ८८ लाख ४ हजार ५ सय ३३ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुति गर्न भएको थियाे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर रास्काेटीकाे अध्यक्षता,शिक्षक हुम बहादुर रानाकाे सञ्चालन र शिक्षक रूक प्रसाद ढकालकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियाे ।

Comments