गृहमन्त्रीले भन्दैमा हेलिकप्टरबाट पानी हालेर डढेलाे नियन्त्रण हुन सक्दैन। सभापति; श्रेष्ठ
पाल्पा: नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले गृहमन्त्री रवि लामिछानेले भन्दैमा हेलिकप्टरबाट पानी हालेर डढेलाे नियन्त्रण हुन नसक्ने बताएका छन । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति पाल्पाले आयोजना गरेको बनभोज,मित्रमिलन तथा नयाँ बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रममा सभापति श्रेष्ठले उक्त कुरा बताएका हुन ।
नेपाल सरकारका गृहमन्त्री रवि लामिछानेले हेलिकप्टरबाट पानी हालेर डढेलाे नियन्त्रण गर्छु भनेर भन्नू भएको छ । तर यो सम्भव नहुने बताए । डढेलाे नियन्त्रण गर्न राज्यका सबै अङ्ग परिचालन गरि आम नागरिकलाई डढेलाे नियन्त्रणकाे लागि अपिल गर्नुपर्ने बताए । लामो खडेरीका कारण अहिले देशका धेरै जिल्लामा डढेलाे लागि रहेको छ । कतिपय स्थानमा मानिसहरू घरवारविहीन भएका छन । बस्ने ठाउँ,पकाउने भाडाँकुडा छैन,ती डढेलाे पिडितका लागि सरकारले तत्काल अत्यावश्यक राहतका सामाग्री उपलब्ध गराउनुपर्ने बताए । देशका धेरै ठाउमा डढेलाेले खरबाैँको क्षति भएको छ । सरकारले हेलिकप्टरबाट पानी हाल्ने होइन,नागरिकलाई उद्वार गरि राहत उपलब्ध गराउनुपर्ने कुरामा जोड दिनुपर्ने बताए । गफ लगाउदैमा,ठुला कुरा गर्दैमा डढेलाे नियन्त्रण नहुने बताउदै गृहमन्त्री लामिछानेले तत्काल आगो नियन्त्रण गर्न राज्यका सबै अङ्ग परिचालन गरि आम नागरिक अपिल गर्नुपर्ने बताए । अर्को सन्दर्भमा सभापति श्रेष्ठले संघीय निजमती कर्मचारी मैत्री ऐन लागू गराउन नेपाली काङ्ग्रेसका सांसदहरूले संसदमा पटकपटक आवाज उठाउदै आएको बताए । अब सरकारले उक्त ऐन संसदबाट पास गर्नुपर्ने कुरामा जोड दिदै नेपालका ७७ वटै जिल्लाका सभापतिहरू कर्मचारीहरूको पक्षमा उभिन र सरकारलाई झक्झकाउन तयार रहेको बताए । नेपाल अहिलेको अवस्था आउनु कम्युनिस्टकै कारण रहेको बताए । कम्युनिस्टहरू सरकारमा हुदा आवश्यक नभएको ठाउमा भ्यु टावर बनाउने,बाटोमा जथाभावी रूपमा बजेट हालैकै कारण अहिले देशको अर्थतन्त्र धरासय भएको बताए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले युनियनको केन्द्रीय समितिले कर्मचारीहरूका मागलाई प्रमुख मुधा बनाएर अगाडि बढाएको बताए । हामीले संघीय निजमती कर्मचारी ऐन संसदमा दर्ता गराएका छाै । नेपाली काङ्ग्रेसका सांसदहरूले पनि बोल्नु भएको छ । हाम्रा मागका बिषयमा नेपाली काङ्ग्रेस पाटी र सरकार गम्भीर हुनुपर्ने अध्यक्ष पोखरेलले बताए ।
कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष उत्तम कुमार कटवाल, केन्द्रीय खुल्ला उपाध्यक्ष यज्ञ वलि,सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तर्फबाट पाल्पा जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना,केन्द्रीय खुला उपाध्यक्ष एवम गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मी,नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष पुरन गुरूङ्ग, केन्द्रीय महासचिव जनक रावल, केन्द्रीय महासचिव इन्दु शर्मा,नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराई लगाएतले संघीय निजमती कर्मचारी ऐन कुहिरोमा हराएको काग जस्तै भएको बताए । उक्त ऐन सरकारले सिग्र लागू गर्नुपर्ने उनिहरूको माग रहेको छ । कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन पाल्पा अध्यक्ष रवि अर्यालको अध्यक्षता र जिल्लाका उपाध्यक्ष लिला मनि बस्यालको स्वागतमा सम्पन्न भएको थियो ।








































Comments