एसइइ परीक्षाको नतिजा सार्वजनिक : पाल्पाको निस्दीमा १८ प्रतिशत विद्यार्थी सफल
होम राई मगर
निस्दी / १३ असार । शैक्षिक शत्र २०८० को एसइइ परीक्षाको नतिजा बिहीबार सार्वजनिक भएको छ । जस अन्तर्गत कुल २९६ जना परीक्षार्थी रहेको निस्दी गाउँपालिका पाल्पामा ५६ जना अर्थात् १८.९१ प्रतिशत मात्र सफल भएका छन् ।
जम्मा २६ जना परीक्षार्थी रहेको सरस्वती माध्यमिक विद्यालय निस्दी-५,गल्धा १ जना ए,४ जना बी+ र ४ जना बी जीपिए प्राप्त गरेर गाउँपालिकामा पहिलो बनेको छ ।त्यसैगरी जनप्रिय मावि मित्यालबाट ५ जना,गौरीशंकर मावि मित्यालमा १२ जना उत्तीर्ण भएको शिक्षा संयोजक नर बहादुर थापाले बताउनु भएको छ । जम्मा १२ वटा माध्यमिक विद्यालय रहेको निस्दीमा जनता मावि गल्धाबाट ५ जना,जनक मावि झिरुबासबाट ४ जना,लक्ष्मी मावि झिरुबासबाट ३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जनप्रिय मावि ज्यामिरेबाट ५ जना सरस्वती मावि ज्यामिरेबाट २ जना,अंशुवर्मा मावी सहकोटबाट १ जना,बालहित मावि सहलकोटबाट ४ जना उत्तीर्ण हुन सफल भएका छन् भने गोरखनाथ मावि अर्चलेबाट २ जना र राधाकृष्ण मावि बाकामलाङ्गबाट ४ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ ।
देशभर कुल ४ लाख ६४ हजार ७८५ जना सहभागी रहेको परीक्षामा ४७.८६ प्रतिशत सफल भएका छन् भने ५२.१४ प्रतिशत असफल भएका छन् ।








































Comments