एमालेको गढ भत्काउँदै पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी
पाल्पा,२३ फागुन ।
पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । अन्तिम मतगणनामा १८ हजार ३३६ मत ल्याएर राना विजयी भएका हुन् ।
दोस्रो स्थानमा नेकपा एमालेका नारायणप्रसाद आचार्य कायम रहे । उनले १६ हजार ८१९ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरेका छन्, भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हुमबहादुर सुनारी मगरले ९५१ मत प्राप्त गरे ।
२०५१ देखि हजारौंको मतान्तरले लगातार एमालेले जित्दै आएको पाल्पा क्षेत्र नं १ मा एमालेकाे गढ भत्काउँदै कांग्रेसका राना विजयी भएका हुन् । लामो समयको अन्तरालमा कांग्रेसको जित भएसँगै क्षेत्रीय मुकाम रामपुरमा कांग्रेस नेता कार्यकर्ताहरूले खुसीयाली मनाइरहेका छन् ।








































Comments