एम्बुलेन्स खरिद गर्न बैशाख १५ गते तानसेन टुडिखेलमा च्यारिटि म्युजिक फिस्टा हुँदै !
पाल्पा-बैशाख १५ गते तानसेनकाे टुडिखेलमा लाेक प्रिय गायक प्रकाश सपुत र गायिका तिर्सना गुरूङ्ग आउने भएका छन । कल्याण युवा क्लब तानसेन पाल्पाकाे आयाेजनामा हुने च्यारिटि म्युजिक फिस्टामा गायक सपुत र गायिका गुरूङ्ग आउने भएका छन ।
जस्काे सहआयाेजकमा धराेहर एड्भेन्चर रहेका छन । सहयोगीमा तानसेन नगरपालिका वडा न ६,आइ डि ओ,फुड पान्टनरमा राेयल ईन,सित्तल फार्म र साउन्ड पार्टनरमा ट्रि साउण्ड रहेका छन । तानसेन टुडिखेलमा आयाेजना हुने उक्त च्यारिटि म्युजिक फिस्टामा राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारहरूकाे पनि बेजाेड प्रस्तुति रहने कल्याण युवा क्लबका अध्यक्ष सुरज शाक्यले बताए ।
बिरामीहरूकाे लागि एम्बुलेन्स खरिद गर्ने उधेश्यका साथ कार्यक्रम आयाेजना गर्न लागिएको बताए । सामाजिक उत्तरदायित्वकाे भावनालाई अङ्गिकार गर्दै आर्थिक हिसाब पछाडि परेका व्यक्तिहरूलाई एम्बुलेन्स खरिद गरि सहयोग गर्न क्लबले कार्यक्रम आयाेजना गर्न लागेको बताए ।
तानसेनकाे टुडिखेलमा सञ्चालन हुने एक दिने च्यारिटि म्युजिक फिस्टामा हाेटलहरूकाे स्टल रहने छ । भने टिकट दर २ सय ५० रूपैयाँ रहने आयाेजकले जनाएका छन ।
च्यारिटि म्युजिक फिस्टाले तानसेनकाे पर्यटन प्रवर्द्वनमा टेवा पुग्ने अपेक्षा रहेको तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जनले बताए । तानसेन नगरपालिकाका (tact) पर्यटन समितिका संयाेजक समेत रहेका वडा अध्यक्ष महर्जनले तानसेन विकास पर्यटनबाट नै सम्भव रहेकाले यस्ता कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्वनमा टेवा पुग्ने बताए ।
कार्यक्रममा स्थानीय कला,सस्कृतिकाे प्रस्तुतिलाई विशेष प्राथमिकता कल्याण युवा क्लबका सदस्य करन चित्रकारले बताए । सुस्ताएकाे तानसेनकाे व्यापारलाई चलाएमान बनाउनका लागि च्यारिटि म्युजिक फिस्टाले थप इटा थप्ने अपेक्षा रहेको बताए । विशेषगरी क्लबले आर्थिक हिसाब विपन्न नागरिकहरूकाे लागि एम्बुलेन्स खरिद गरि सेवा प्रदान गर्न तानसेनमै पहिलाे पटक कार्यक्रम गर्न लागेको बताए ।








































Comments