डे केयर सेन्टरका फरक क्षमता भएका विद्यार्थीहरूका लागि अपाङ्गमैत्री टेबल-कुर्सी हस्तान्तरण

पाल्पा-तानसेन नगरपालिका वडा नम्बर २ मा रहेको डे केयर सेन्टरमा फरक क्षमता भएका विद्यार्थीहरूको लागि अपाङ्गमैत्री टेबल-कुर्सी हस्तान्तरण गरिएको छ । मस्तिष्क पक्षघात स्वालम्बन समूह नेपाल पाल्पाले हाेम भिजिटमा रहेका बालबालिकाकाे लागि सिकाइ यात्रालाई सरल बनाउन आयोजित कार्यक्रमले समावेशी शिक्षाको प्रवर्द्धनमा नयाँ आशा जगाएको छ ।

 

अभिभावक माया देबी सुनारी गाहाकाे छाेरी अहिले पाल्पा सिवि आरकाे भवनमा सञ्चालित डे केयर सेन्टरमा अध्ययन गराइ रहनु भएको छ । सामान्य बालबालिकाहरूले जस्तो विद्यालयमा अध्ययन गर्न नसक्ने भएकै कारण उहाले विगत २ बर्ष देखि केयर सेन्टरमा छाेरीलाई अध्ययन गराउदै आउनु भएको छ । उहाकाे छाेरी सामान्य बालबालिका जस्तो बाेल्न,हिड्न,खेल तथा अन्य क्रियाकलाप गर्न सक्दनुहुदैन । हाल अपांगमैत्री कुर्सी टेलब प्राप्त गर्दा राहत मिलेकाे उहाले बताउनुभयो ।

 

१३ जना बालबालिकालाई अपाङ्गमैत्री टेबल-कुर्सी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पा सि वि आरमा सञ्चालित डे केयर सेन्टरलाई नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गर्दै विद्यार्थीहरूको अध्ययन र अन्य क्रियाकलापका लागि निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । उहाँले वितरित कुर्सीहरूले विद्यार्थीहरूको अध्ययनमा मात्र होइन,दैनिक जीवनयापनमा सहयोग गर्ने बताउनुभयो । समावेशी शिक्षा र विद्यार्थीकाे लागि याे सकारात्मक कदमको रहेको बताउनुभयो । नगरपालिकाले आगामी दिनहरूमा सस्थाका फरक क्षमता भएका बालबालिकाहरूकाे चाैतर्फि विकासका लागि कार्यक्रम निरन्तर अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

 

कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिञ्जलीले कुर्सी र टेबल वितरणले फरक क्षमता भएका बालबालिकाहरूकाे क्रियाकलाप गर्नमा ठूलो सहजता ल्याउनेछ। वितरित सहायक सामाग्रीले पढ्न, लेख्न, खान र अन्य गतिविधिहरूमा सहजता प्रदान गर्ने बताउदै विद्यार्थीहरूको दैनिकीमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रमले फरक क्षमता भएका बालबालिकाहरूकाे आत्मनिर्भरता र आत्मविश्वास वृद्धिमा पनि सकारात्मक प्रभाव पार्ने बताउनुभयो । नगरपालिकाले समावेशी शिक्षा र सुविधायुक्त वातावरणको निर्माणमा निरन्तर ध्यान दिइरहेकाे बताउनुभयो । 

 

कार्यक्रममा तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले पनि फरक क्षमता भएका विद्यार्थीहरूको शिक्षामा सहजता ल्याउन वडा कार्यालयले डे केयर सेन्टरलाई वार्षिक रूपमा सवारी साधन सञ्चालन गर्नका लागि सहयोग गर्दै आएको बताउनुभयो । वडाले आगामी दिनमा अपाङ्गता भएका विद्यार्थीहरूको शिक्षालाई अझ सहज बनाउने गरी आवश्यक पहल गर्ने बताउनुभयो ।  

 

मस्तिष्क स्वलम्बन समूह पाल्पा जिल्लाका होम भिजिटर कृष्ण गहतराजले संस्थाले २०१० देखि पाल्पा जिल्लाका  मस्तिष्क पक्षघात र न्युरोलोजी सम्बन्धी समस्या भएका बालबालिकाहरूका लागि सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । समूहले घर घर गएर होम भिजिट सेवा प्रदान गर्दै आएकाे छ भने बालबालिकाहरूलाई डे केयर सेन्टरमा ल्याएर पढ्न, खान र बस्नको लागि आवश्यक व्यवस्था सहित दिवा सेवा कार्यक्रम सञ्चालन गर्दै आएकाे बताउनुभयो । सस्थाले मस्तिष्क पक्षघात भएका बालबालिकाको चौतर्फी विकासका लागि  सहायक सामग्री अन्तर्गत विशेष कुर्सी र टेबल वितरण गरिएकाे बताउनुभयो । समूहले अभिभावकहरूलाई उत्पादनमूलक कार्यमा समावेश गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बाख्रापालन, बङ्गुरपालन र तरकारी खेतीजस्ता क्रियाकलापहरू मार्फत अभिभावकलाई उद्यमशील बनाउने प्रयास गरिरहेकाे बताउनुभयो । कार्यक्रम पाल्पा सिविआरका अध्यक्ष हेमन्तराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments