छहरा-धजाबान्ने- तानसिङ्गल-सातमुरे सडककाे कालाेपत्रे शुरू

पाल्पा- जिल्लाकाे रैनादेबी छहरा गाउँपालिकाकाे गाैरबकाे याेजना छहरा-धजाबान्ने- तानसिङ्गल-सातमुरे सडककाे कालाेपत्रे शुरू भएको छ । गाउँपालिकाले याे आर्थिक बर्ष २०८०/८१ काे असार मसान्त सम्म छहरा वडा नं ४ काे कार्यालय देखि धजाबान्ने सम्म पिच (कालाेपत्रे) हुनेछ ।

 

गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईका अनुसार ५० प्रतिशत संघीय समपुर बजेट र ५० प्रतिशत गाउँपालिकाकाे बजेटबाट कालाेपत्रे शुरू गरिएको बताए । आर्थिक बर्ष २०८०/८१ काे लागि कुल ४ कराेड, २ लाख  ७८ हजार ६ सय ६० रूपैयाँ बजेटबाट कालोपत्रे  गर्न लागिएको बताए । कालेपत्रे काम याे आर्थिक बर्षकाे असार मसान्त सम्म रैनादेबी छहरा गाउँपालिका वडा न‌‍ ४ काे कार्यालय देखि धजाबान्ने सम्म पिच (कालाेपत्रे) हुनेछ । बाँकी काम आगामी आर्थिक बर्षमा धजाबान्नेबाट तानसिङ्गल खण्ड हुने बताए  । सडक कालोपत्रे भएपछि स्थानीय नागरिकहरूलाई आवतजावतमा सहज हुने अध्यक्ष भट्टराईले बताए ।

 

सडक निर्माणले गाउँपालिकाकाे केन्द्र एवम अन्तयत्र  स्थानमा  आवतजावत गर्न सहज हुने बताए । स्थानीय कृषि उत्पादनको लागि गाउँपालिकाले सहयोगका कार्यक्रम चलाउँदै आएकाे बताए । सडक ब्यवस्थित भएपछि कृषि उब्जनीबजार पुर्याएर पालिका बासीले लाभ लिन पाउने र पालिकालाई समृद्धितर्फ लम्काउन सहज पुग्ने समेत उनले बताए । 

 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्रे गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुंगा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको बताए । सडक कालोपत्रे भएपछि यात्रा अवधि छोट्टिने बताए । कच्ची सडक हुँदा स्थानीयलाई यात्रा गर्न समस्या थियाे । अब बाटो कालोपत्रे भएपछि छिटो र सहज रूपमा पुग्न सकिने बताए । 

 

Comments