छहरा र तिनाउले जिते वडा स्तरीय भलिबल उपाधि

पाल्पा-छहरा युवा क्लब, रैनादेवी छहरा–४, पाल्पाको आयोजनामा वडा स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ सम्पन्न भएको छ  । 

 

खेलकुदमार्फत युवाबीच आपसी सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले आयोजित भलिबल प्रतियोगितामा प्रमुख अतिथिका रूपमा सहभागी समाजसेवी तथा राजनीतिक व्यक्तित्व डाक्टर माधव थापाले युवालाई अनुशासित, मर्यादित र उत्तरदायी नागरिक बनाउन खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर थापाले भन्नुभयो 'देशको समुन्नतिका लागि सक्षम नागरिकको आवश्यकता हुन्छ र सक्षम नागरिक निर्माणको थालनी युवावस्थाबाट हुने भएकाले खेलकुदले युवाहरूलाई आत्मानुशासन, नेतृत्व क्षमता, सहकार्य र प्रतिस्पर्धाको भावना प्रदान गरेर उनीहरूलाई राष्ट्रनिर्माणतर्फ उन्मुख गराउँने बताउनुभयो । 

 

उहाँले देशले जबसम्म आफ्ना युवालाई सही दिशा दिन सक्दैन, तबसम्म विकासका सपना अधुरा रहने बताउदै यस्ता प्रतियोगिताहरूले युवालाई देशप्रेम, अनुशासन र विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने आत्मबल प्रदान गर्ने बताउनुभयो । डा थापाले  खेलकुद केवल व्यक्तिगत उपलब्धिको माध्यम मात्र नभई, राष्ट्रको पहिचान बनाउन र अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउन सक्ने सबल माध्यम पनि रहेको बताउनुभयो ।  आजको युगमा जहाँ राष्ट्रहरू खेलकुद कूटनीतिलाई प्राथमिकतामा राख्दै आएका छन्, उक्त देशका नाम खेलकुदको माध्यमबाट अन्तराष्टियस्तरमा पहिचान बनाइरहेको बताउनुभयो । साथै देशका तिन तहका सरकार,समाजसेवी,राजनितिक दलहरूले पनि यसतर्फ ध्यानदिनुपर्ने बताउनुभयो । उहाले क्लब तथा आयोजकहरूलाई धन्यवाद दिँदै यस्ता क्रियाकलापहरूलाई निरन्तरता दिन आग्रह गर्दै आफुले गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो । 

 

कार्यकममा विशिष्ट अतिथि समाजसेबी नल बहादु राना,भैरब नवदिप मा विका प्रअ झलक रायमाझी,झविन्द्र रायमाझी,बिष्णु पोखरेल, लक्ष्मण रायमाझी क्लबका सल्लाहकार रमेशप्रसाद तिवारी लगाएतको उपस्थिति रहेको थियो । पुरुषतर्फ तिनाउ गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ ।  रैनादेवी छहरा गाउँपालिका द्वितीय स्थानमा रहँदा बंगनासकाली गाउँपालिका तृतीय स्थानमा सन्तोष मान्न बाध्य भयो। विजेता टोलिहरूले क्रमशः रु २०,०००, १५,००० र १०,००० नगद पुरस्कार, साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

 

महिलातर्फ भने रहिना देवी छहरा गाउँपालिका वडा नं ५, मुझुङ्गले प्रथम स्थान हासिल गर्दै गौरवपूर्ण सफलता प्राप्त गरेको छ । त्यस्तै,वडान ४ छहराले महिलातर्फको द्वितीय स्थानमा रहेको छ । बिजयी टोलिहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता छहरा युवा क्लबका अध्यक्ष जुद्व बहादुर रानाको अध्यक्षता र कालिका मा विका शिक्षक चन्द्र मणि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

 

Comments