चौथो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८१ को आवेदन फाराम खुल्ला
स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगरद्धारा आयोजित चौथो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८१ को आवेदन फाराम खुल्ला भएको छ ।
लोक तथा दोहोरी गीत संग सम्बन्धीत करिब ३७ बिधामा आवेदन खुल्ला गरीयको बिशाल मुभिज प्रा.लि.का अध्यक्ष तथा चर्चित गायक सर्जक हुम गैरेले जानकारी गराए । आवेदन फाराम भर्ने म्याद यही पौष महिनाको मसन्त सम्म रहोको र यही माघको पहिलो साता उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम गर्ने तथा फागुनको पहिलो साता अवार्डको फाईनल कार्यक्रम गर्ने लक्ष्य रहेको कुरा चर्चित मोडल तथा अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी दिए ।
अवार्डको फाईनल कार्यक्रममा लोक गीत संगीतमा लामो समय देखी योगदान दिंदै आउनु भएका करिब एक दर्जन अग्रज देखी अनुज सम्मका कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । यस भन्दा अगाडिका संस्करणहरु निष्पक्ष अनि भब्यताका साथ सम्पन्न भएका कारणले पनि यो चौथो संकरणमा पनि धेरै कलाकारहरुको उत्साहजनक सहभागीता रहने तथा कार्यक्रम भब्यताका साथ सम्पन्न हुने कुरामा आशावादी रहेको कुरा कार्यक्रमका अध्यक्ष गैरे बताए ।








































Comments