चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पाल्पाबाट पाँच खेलाडीको सहभागिता
पाल्पा, फागुन १६ – चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा लुम्बिनी प्रदेशको पाल्पा जिल्लाबाट पाँच खेलाडीले सहभागिता जनाउदै छन । कोच वीर बहादुर कुमालको नेतृत्वमा सहभागी हुन लागेको टोलीमा दुई महिला र तीन पुरुष खेलाडी रहेका छन् ।
महिला तर्फ ४५ के.जी. तौल समूहमा पूजा राई तथा ८४ के.जी. तौल समूहमा दिया थापा प्रतिस्पर्धा गर्नेछन् । पुरुष तर्फ ५० के.जी.मा शिखर नेपाली, ६० के.जी.मा उत्तम घर्ती मगर र ८४ के.जी.मा शाहास थापा राष्ट्रिय स्तरको यो प्रतिष्ठित प्रतियोगितामा सहभागी हुदैछन ।
देशभरका खेलाडीहरूको उपस्थिति रहने यस प्रतियोगितामा पाल्पाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको कोच कुमालले जानकारी दिएका छन् । लुम्बिनी प्रदेशको कराते क्षेत्रमा पछिल्लो समय सुधार देखिएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरू उत्कृष्ट प्रदर्शन गरिरहेका बेला यस प्रतियोगितामा पनि प्रभावशाली उपस्थिति जनाउने विश्वास गरिएको छ ।








































Comments