चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पूजा राईद्वारा रजत पदक हासिल

पाल्पा, लुम्बिनी प्रदेश – चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा लुम्बिनी प्रदेशकी खेलाडी पूजा राईले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भएकी छिन् ।

 

४५ के.जी तौल समूह अन्तर्गत प्रतिस्पर्धा गरेकी राईले सेमिफाइनलसम्म प्रभावशाली यात्रा तय गर्दै सुदूरपश्चिम प्रदेशलाई ६–५ को स्कोरमा पराजित गरिन् । त्यसपछि गण्डकी प्रदेशका खेलाडीलाई नकआउट गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिन् ।

 

फाइनल खेलमा भने नेपाल प्रहरीका खेलाडी विरुद्ध ८–३ को अन्तरले पराजित भई रजत पदक हात पार्न सफल भइन् । प्रतियोगिताभर उनको उत्कृष्ट प्रदर्शनले लुम्बिनी प्रदेशको नाम उच्च राख्न सफल भएको छ । खेल क्षेत्रमै आफ्नो पहिचान बनाउँदै गरेकी पूजा राईको यस उपलब्धिले भावी खेलाडीहरूलाई प्रेरणा दिने विश्वास लिइएको बताएकी छन । 

 

प्रशिक्षक वीर बहादुर कुमालले पूजा राईको सफलताप्रति गर्व व्यक्त गर्दै भने, "पूजाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशको नाम उज्ज्वल बनाउन सफल भएको बताए । उनको मेहनत, लगनशीलता र आत्मविश्वास प्रशंसनीय छ । सेमिफाइनलसम्मको यात्रा साहसिक थियो, जहाँ उनले कठिन प्रतिस्पर्धीलाई पराजित गरिन्। नेपाल प्रहरीसँगको फाइनल खेल कठिन भए पनि उनले उत्कृष्ट रूपमा खेलेको बताए । आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न सक्ने क्षमता उनमा रहेकोले निरन्तर प्रयासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सक्ने बताए । 

Comments